After SEE Portal

बाल विकास शिक्षकको दरबन्दी व्यवस्थापन गरिदिनोस् नरोइ देशको जुनसुकै विद्यालयमा गएर पढाउँछौं

Bridge Course

एक बाल विकास शिक्षकको शिक्षा मन्त्रीलाई पत्र

सम्माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ ज्यु !

नमस्कार ।

हजुरलाई भेटेर नै यो कुरा भन्न मन थियो । तर मेरो पहुँच त्यहाँसम्म पुग्ने भएन । त्यसैले इडियुपत्रमार्फत तपाईंलाई पत्र लेख्दै छु ।

विशेष कुरा के भने नी मन्त्री ज्यु ! आज धेरै समाचारमा शिक्षा मन्त्रालय विज्ञान प्रविधि सचिव प्रमिला बज्राचार्यलाई नेपाल ट्रष्टमा सरुवा गराउँदा अपमान गरेको भनेर गुनासो गरेको समाचार पढें । शिक्षामा पछाडि परेको मधेश प्रदेशको तीन जिल्लामा नयाँ शिक्षा विकास तथा समन्वय एकाइमा सरुवा भएका उपसचिव मध्य एक रोएको सुने । मधेस प्रदेशको पर्सामा मोतीप्रसाद भट्टराई, महोत्तरीमा सुवर्णकुमार खड्का, सर्लाहीमा तारापति खरेल, र बारामा हेमराज खतिवडा पठाउनु भएछ जान नमानेर नेताको गुलामी गर्न उहाँहरू जानु भयो रे ! उपत्यकामा नै बस्ने उत्कट अभिलासाका साथ सडकम नै रोइदिनु भएछ ।

उहाँहरूलाई त पारिवार पाल्न पुग्ने, देशको शिक्षा संयन्त्र फेरबदल गर्न सक्ने अधिकार हुँदा पनि रुनु हुन्छ । हेर्नु न मन्त्री ज्यू ! हामी करिब ५२ हजार बाल शिक्षक आफ्नो परिवार पाल्न सक्ने त परै जाओस् आफूलाई १५ दिन दाल भात खान नपुग्ने तलबमा काम गरिरहेका छौं । हामी पढाउने मात्र होइन जीवन निर्वाहको मार्ग देखाउँछौं । यसो गर्न कहिले उनीहरूको सिंगान पुछ्छौं, कहिले दिसापिसा सफा गर्छौ, उनीहरू रुदाँ रुन्छौं हाँस्दा हाँस्छौं । तर, हामीलाई हाम्रो योगदानको आजसम्म कसैंले सम्मान गरेन ।

सबैले हाम्रा दुःख सुने एक कानले अर्को कानले उडाए । सबैले भने ‘हामी तपाईंहरूको समस्या सम्बोधन गर्छौं’ तर आजसम्म गरेनन् । हामी भोको पेट काम गरिरहेका छौं । हामीले कक्षा एकमा पुर्याएका बालबालिकाले सावाँ अक्षर चिन्न र लेख्न सक्छन् । पाठ्यक्रम विकास केन्द्रले तयार गरेको पाठ्यक्रम अनुसार नानीबाबुलाई सिकाउँछौं नपत्याए छेउको एउटा सबैभन्दा राम्रो भनिने होइन नराम्रो भनिएको विद्यालयको बाल कक्षामा एक दिन गएर हेर्नु हैं त्यहाँ हजुरले थाहा पाउनु हुने छ बाल विकास शिक्षक साच्चै मेहनती छन् भन्ने प्रमाण । सबै नानीबाबुलाई खेल्दै नचाउँदै हामी विद्यालय संस्कार सिकाउँछौं । पढ्न लेख्न बानी बसाउँछौं सावाँ अक्षर चिनाउँछौं ।

तर, नि मन्त्री ज्यु ! हामीले जे गरेनी राज्यले कदर गरेन । अहिले त एक समय ज्यालादारीमा काम गर्ने ज्यामी मजदुरले पनि दैनिक एक हजार पारिश्रमिक पाउँछ । हाम्रो त त्यसको आधा पनि हुँदैन । केही समय पहिलेसम्म ५०० पालिकाले १७ हजार रुपियाँ दिने गरेको समाचार आएको थियो । के हो ? मलाई प्रमाण सहित त थाहा छैन तर मैले अहिले भर्खरबाट १० हजार पाउन थालेको छु ।

भन्ने खोजेको के हो भने नि मन्त्री ज्यु जसरी लुकाएका प्रतिवेदन सार्वजनिक गरेर कारबाही गर्छु भन्ने सहास देखाउनु भएको छ नि त्यसैगरी बालविकास शिक्षकको दरबन्दी, आन्तरिक प्रतियोगितामार्फत पदस्थापना, आन्तरिक प्रतियोगितामा सहभागी हुन नचाहनेलाई योगदानको कदर गर्दै निवृत्त जीवन चलाउन अलिकति भएनी खर्चको व्यवस्थापन गरीदिनोस् अनि हामीलाई नेपालको जुनसुकै विद्यालयमा पठाउनुस् खुसी भएर जान्छौं । काम गर्छौं । सिक्छौं । सिकाउँछौं । भोलिका कर्णधार निर्माणको जिम्मा लिन्छौं ।

बाल विकास शिक्षक

A Levels MA