After SEE Portal

नतिजा सार्वजनिक नगरे परीक्षा हुन नदिने विद्यार्थीको चेतावनी

Bridge Course

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले सेमेस्टरको तीन महिनामा र वार्षिक प्रणालीको ६ महिनाभित्र नतिजा सार्वजनिक नगरे त्रिविको परीक्षा हुनै नदिने विद्यार्थीले चेतावनी दिएका छन् ।

पनिकाले गत वैशाखमा लिएको  मानविकी तथा सामाजिक शास्त्रको पहिलो वर्षको वार्षिक परीक्षाको नतिजा अहिलेसम्म सार्वजनिक नगरे पछि विद्यार्थीले परीक्षा सञ्चालन गर्न नदिने विद्यार्थीले चेतावनी दिएका हुन् ।

विद्यार्थीले सेमेस्टर प्रणालीको परीक्षाको नतिजा तीन महिनाभित्र र बार्षिक परीक्षा प्रणालीको नतिजा ६ महिनाभित्र सार्वजनिक नगरे देशैभर परीक्षा सञ्चालन गर्न नदिने अभियान चलाउने विद्यार्थीले चेतावनी दिएका छन् ।

त्रिविको पछिल्लो समय देखिएको सबैभन्दा ठूलो रोग भनेको समयमै परीक्षा नहुनु र समयमै नतिजा नआउनु भएको हुँदा विद्यार्थीले यस्तो चेतावनी दिएका हुन् ।

त्रिविको यस्तो लापरबाहीले गर्दा विद्यार्थीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा मानसिक तनाव थपिनुका साथै विश्वविद्यालयको शिक्षा पद्धतिप्रति निराशा उत्पन्न गराएको स्वतन्त्र विद्यार्थी युनियन बुटवल बहुमुखी क्याम्पसका अध्यक्ष दुर्ग बहादुर एससीले बताए । समयमा परीक्षा तथा नतिजा सार्वनिक नगर्दा विद्यार्थीहरू विभिन्न अवसरबाट बञ्चित समेत हुनु परेको उनको दाबी छ । ‘यो एउटा समस्या मात्र नभई रोगको रूपमा देखा परेको छ।’ उनले भने, ‘जसले विद्यार्थी वर्गको भविष्यलाई नै अन्धकारमा धकेलिदिएको छ ।’

 उनले पनिकाले गत वैशाखमा सञ्चालन भएको ४ वर्षे स्नातक तह प्रथम वर्षको नियमित तथा आंशिक परीक्षाको नतिजा १० महिना भन्दा बढि समय हुदा समेत प्रकाशन नभएकाले स्ववियु बुटवल बहुमुखी क्याम्पसको गम्भीर ध्यानाकर्षण भएको बताए । ‘ जवसम्म परीक्षाको नतिजा प्रकाशन गरिदैन तबसम्म बुटवल बहुमुखी क्याम्पसमा ४ वर्षे वार्षिक कार्यक्रम अन्तर्गतका परीक्षा सञ्चालन गर्न नदिने जानकारी क्याम्पस प्रमुख मार्फत पनिकालाई जानकारी गराउदछौ।’ उनले भने ।

त्रिविले निर्धारित समयमा नतिजा सार्वजनिक नगर्दा त्रिवि स्नातक प्रथम वर्षमा नयाँ र पुराना गरी दुइटा ब्याच छन्। दोस्रो वर्षमा पनि नयाँ र पुरानो गरी दुइटा ब्याच छन्। पुरानो दोस्रो ब्याचका विद्यार्थी पुसमै कक्षा सकेर परीक्षाको पर्खाइमा छन्। नयाँ दोस्रो वर्षको कक्षा भइरहेको छ ।

A Levels MA
Thuprai - Books and E-books