After SEE Portal

परीक्षा भएको ११ महिनामा पनि त्रिविले नतिजा सार्वजनिक गरेन, परीक्षातालिकामा भएको गल्ती सुधारेर पुनः कार्यकालिका सार्वजनिक

Bridge Course

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले  मानविकी तथा सामाजिक शास्त्रको पहिलो वर्षको परीक्षाको नतिजा ११ महिना बितिसक्दा पनि सार्वजनिक गरेको छैन् ।

दोस्रो वर्षको परीक्षा आउने समयमा पनि पहिलो वर्षको नतिजा सार्वजनिक नभएको हो । गत वैशाखमा सञ्चालन गरिएको परीक्षाको नतिजा त्रिविले एक वर्ष पुगन लाग्दा समेत सार्वजनिक गर्न नसकेको हो ।

त्रिविले निर्धारित समयमा नतिजा सार्वजनिक नगर्दा त्रिवि स्नातक प्रथम वर्षमा नयाँ र पुराना गरी दुइटा ब्याच छन्। दोस्रो वर्षमा पनि नयाँ र पुरानो गरी दुइटा ब्याच छन्। पुरानो दोस्रो ब्याचका विद्यार्थी पुसमै कक्षा सकेर परीक्षाको पर्खाइमा छन्। नयाँ दोस्रो वर्षको कक्षा भइरहेको छ ।

जनशक्ति अभावका कारण समयमा नतिजा सार्वजनिक गर्न नसकिएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जानकारी दियो ।  कार्यालयमा २६६ जनाको दरबन्दी भए पनि अहिले २२२ जना  मात्र कर्मचरी कार्यरत भएको परीक्षा नियन्त्रण कार्यालयले जानकारी दियो ।

 कार्यालयमा सात वर्ष अगाडिदेखि पदपूर्ति हुन सकेको छैन ।  करिब २५ वर्ष अगाडिदेखि कर्मचारी एउर्ट पदमा रहेर काम गरिरहेका छन् ।  कर्मचारी अभाव  भएको ठाउँमा पनि गत साउन देखि त्रिविले कर्मचारीको अतिरिक्त सेवासुविधा कटौती गरेपछि त्यसको मारमा परीक्षा नियन्त्रण कार्यालय  परेको  परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए । उनका अनुसार कर्मचारीलाई कार्यालय समयभन्दा अतिरिक्त समयमा काममा लगाउन नसकिएको उनले बताए ।

यसैविच त्रिविका निमित्त पूर्व उपकुलपति शिवलाल भुसालले त्रिवि कार्यकारी परिषद्को गत फागुन १ गते भएको बैठकमा एक घण्टा बढी काम गर्ने शिक्षक कर्मचारीलाई ३० प्रतिशत बढी तलब दिने निर्णय गराएका छन् ।

उक्त ‘बैंठकको निर्णय नं. २४९० को निर्णयानुसार निकायगत कार्यहरु तोकिएकै समयमा सम्पादन गर्न निकाय प्रमुखले कार्यालय समयमा १ घण्टा थप गरी काममा लगाउन सक्नेछ । यसरी काममा खटिई कार्य सम्पादन गर्ने शिक्षक (केन्द्रीय कार्यालयको हकमा), कर्मचारीहरुलाई कर्मचारी स्वयंले विदा लिएको दिनको कट्टा गरी विद्युतीय हाजिरीको आधारमा मात्र मासिक तलवको अनुपातमा अधिकतम २० (बीस) प्रतिशतसम्म प्रोत्साहन पारिश्रमिक उपलब्ध गराउने तथा उपकूलपतिको सचिवालय, शिक्षाध्यक्षको सचिवालय, रजिष्ट्रारको सचिवालय एवं कार्यकारी परिषद्को सचिवालयमा कार्यरत कर्मचारीहरुलाई स्वयंले विदा लिएको दिनको नपाउने गरी विद्युतीय हाजिरीको आधारमा मात्र मासिक तलबको अनुपातमा ३० (तीस) प्रतिशत प्रोत्साहन पारिश्रमिक उपलब्ध गराउने निर्णय भएकोले त्रिविको मिति २०८०–११–३० को निर्णयानुसार मिति २०८०–१२–०१ गतेदेखि लागु हुनेगरी त्रि।वि। केन्द्रीय कार्यालयको कार्यालय समयमा १ घण्टा थप गरी कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म र माघ १६ गतेदेखि कार्तिक १५ गतेसम्म बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गरिएको छ।’ भन्ने निर्णय गराएका छन् ।

त्रिविका उपकुलपति केशरजंग बरालले परीक्षा सञ्चालन र नतिजा प्रकाशन प्रणालीमा सुधार गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताए  ।

तर, त्रिवि पनिकाले एमजीटी २०९ माइक्रोइकोनमिक्स फर विजनिेज विषयको परीक्षा आगामी चैत ३१ गते सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो । चैतमा ३१ गते नै नभएको चर्को विरोध पछि पनिकाले सो सूचनालाई परिमार्जन् गर्दै आगामी वैशाख २ गते परीक्षा सञ्चालन गर्नेगरी पुनः कार्यतालिका सार्वजनिक गरेको छ ।

यो गल्तीलाई पनिकाले मानवीय त्रुटि भएको प्रतिक्रिया दियो ।

A Levels MA
Thuprai - Books and E-books