After SEE Portal

कार्यक्रम कार्यन्वयन पुस्तिका संशोधन नभए आन्दोलन गर्ने परिषद्को चेतावनी

Bridge Course

नेपाल विद्यालय कर्मचारी परिषद्ले सरकारले आफूहरूलाई झुक्याएको भन्दै आन्दोलनको चेतावनी दिएको छ । सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीले सरकारले शिक्षक महासंघ र शिक्षा मन्त्रीविच भएको सम्झौता कार्यान्वयन नगरेको आरोप लगाएका छन् ।

मन्त्री स्तरीय निर्णय बमोजिम स्वीकृत कार्यक्रम कार्यान्वयन पुस्तिका २०७९–८० मा महासंघसँग भएको सम्झौता अनुसार आफ्नो सेवा सुविधा उल्लेख नगरेको भन्दै विरोध जनाएका हुन् ।

परिषद्ले आज प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो गम्भीर ध्यानाकर्ष भएको  जनाएको छ ।  परिषद्ले विज्ञप्त्मिार्फत् कार्यक्रम् कार्यान्वयन पुस्तिका तत्काल संशोधन गरी सहमति बमोजिमको विद्यालय कर्मचारीहरुको सेवा सुविधा कार्यन्वयनमा नआए आन्दोलनका कार्यक्रम घोषणा गर्ने  चतावनी दिएको छ ।

A Levels MA