![केयुको २९ औं दीक्षान्त समारोह (दोस्रो चरण) का लागि आवेदन माग](https://media.edusanjal.com/__sized__/u/437892666_924317956150479_2608434551308175365_n-crop-c0-5__0-5-300x180-70.jpg)
सरकारले निर्वाचन नजिकिँदै जाँदा काठमाडौं विश्वविद्यालयको रजिष्ट्रारमा प्राडा अच्युत वाग्ले नियुक्त गरेको छ । केयुका निवर्तमान रजिष्ट्रार प्राध्यापक सुवोध शर्माको कार्यकाल भदौ मसान्तमा सकिए पछि विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई चार वर्षका लागि सो पदमा नियुक्त गरेका हुन् ।
काठमाडौ विश्वविद्यालय ऐनको दफा १५(१) अनुसार उपकुलपति प्राध्यापक भोला थापाको सिफारिसमा उनको नियुक्ति भएको हो ।
वाग्ले यसअघि काठमाडौ विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट (कुसोम) मा एसोसिएट डिन थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट एमए र बेलायतको बर्मिङ्घम विश्वविद्यालयबाट अर्थशास्त्रमा एमएस्सी गरेका छन् । उनले भारतको प्रतिष्ठित शैक्षिक संस्था इण्डियन इन्ष्टिच्युट अफ टेक्नोलोजी कानपुरबाट अर्थशास्त्रमै पीएचडी गरेका छन् ।