SEE Result 2082

काठमाडौं विश्वविद्यालयको ३१ औं दीक्षान्त समारोह (पहिलो चरण) आवेदन खुला

काठमाडौं विश्वविद्यालय, धुलिखेल, काभ्रेले आफ्नो ३१ औं दीक्षान्त समारोह (पहिलो चरण) आगामी मङ्सिर महिनाको चौथो सातामा आयोजना गर्ने भएको छ।

विश्वविद्यालयको स्कुल अफ आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, ल, मेनेजमेन्ट साइन्स र मेडिकल साइन्सेजबाट क ३०, २०८२ (November 16, 2025) सम्ममा विद्यावारिधि, स्नातकोत्तर तथा स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले दीक्षान्त समारोहमा भाग लिन ONLINE आवेदन दिन सक्नेछन्।

आवेदन सम्बन्धी मुख्य विवरण:

  • आवेदन फाराम convocation.ku.edu.np मा भरिनेछ।

  • आवेदन फारामसँगै दीक्षान्त शुल्कको बैंक भौचर र आवश्यक कागजातहरू बुझाउनुपर्नेछ।

  • आवेदन बुझाउने मिति: कार्तिक २० देखि मङ्सिर ५, २०८२

दीक्षान्त समारोहको विस्तृत कार्यक्रम र अर्को चरणको जानकारी पछि सूचित गरिनेछ।

विद्यार्थीहरूलाई समयमै आवेदन दिन विश्वविद्यालयले अनुरोध गरेको छ।

+2 School
Counseling
Bachelors Portal