विव्यस अध्यक्ष र पूर्व शिक्षकले भ्रष्टाचार गरेको ठहर

केदारेश्वर उच्च माध्यमिक विद्यालय डोटीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर बोहरा र बालादेवी आधारभूत विद्यालय ओखलढुंगाका पूर्व शिक्षक खेटराज बरालले आफ्नो कार्यकालमा भ्रष्टाचार गरेको प्रमाणित भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका आधारमा छानबिन हुँदा निजहरूले आफ्नो पदीय मयर्दा विपरीत कार्य गरेको पाइएको हो ।

अख्तियारको अनुसन्धानको क्रममा अध्यक्ष बोहराले भवन निर्माण र छात्रवृत्ति र विद्यालयको आन्तरिक स्रोतको सात लाख उनान्तीस हजार नौ सय छयालीस रुपियाँ एक चालीस पैसा हिनामिना गरेको पुष्टि भएको छ ।

अनुसन्धानका क्रममा अध्यक्ष बोहोराले ४१ लाख ५४ हजार ५०० रुपियाँ साविकको जिल्ला शिक्षा कार्यालयबाट पेश्की लिएको र कामको मूल्याङ्कन हुँदा ३१ लाख ०९हजार ९४५ रुपियाँ बराबरको काम मात्र भएको देखिएको छ । मूल्याङ्कनका क्रममा ७ लाख २९ हजार ९४६ रुपियाँ ४१ पैसा हिनामिना गरेको हुँदा निजलाई उक्त बिगो असुल गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा (३) बमोजिम सजाय माग दाबी गरी बिगो असुल गर्न आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

२४ वर्ष ७६ दिनको सेवा अवकाशपछि प्रमाणपत्र नक्कली

त्यस्तै, ओखलढुङ्गाको चम्पादेवि प्राथमिक विद्यालयमा प्रवि तह चतुर्थ श्रेणीमा २४ वर्ष ७६ दिनको शिक्षण अवकाश  लिएका शिक्षक बरालको सेवा निवृत्तपछि शैक्षिक प्रमाणपत्र नक्कली भएको प्रमाणित भएको छ ।

चम्पादेवी गाउँपालिका वडा नं. १ का बराललाई उक्त विद्यालयमा २०५१ चैत्र ९ गते प्रवि शिक्षक चतुर्थ श्रेणी अस्थायीमा नियुक्त गरिएको थियो । ०७५ फगुन २९ गते स्वतः अवकाश लिएका सेवानिवृत्त शिक्षक बरालमाथि अख्तियारमा परेको मुद्दाको अनुसन्धान हुँदा निजले मिथिला संस्कृत विश्वविद्यालय, कोरीयाही पटना भारतबाट मध्यमा तहको परीक्षा पास गरेको नक्कली प्रमाणपत्र पेश गरेको पुष्टि भएको हो ।

पूर्व शिक्षक बरालले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिमको कसुर गरेको अख्तियारले जानकारी दियो ।

अख्तियारका अनुसार शिक्षक बराललाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा ९२० तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिम कैद र जरिवानाको सजाय माग दाबी गरी अख्तियारले विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ ।

Thuprai - Books and E-books