After SEE Portal

विद्यार्थीको विवरण सङ्कलन गर्दै विश्व निकेतन मावि

Bridge Course

वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७ ले व्यवस्थापना गरेको विद्यार्थी पहिचान तथा वर्गीकरणका आधारमा विश्व निकेतन माध्यमिक विद्यालयले धमाधम गुगल फर्म सङ्कलन गर्न थालेको छ । वैकल्पिक सिकाइका लागि विद्यार्थीको स्रोत साधनको पहुँचको विवरण सङ्कलन गर्ने उद्देश्यले सो विद्यालयले गुललबाट विद्यार्थीको विवरण सङ्कलन गर्न थालेको हो ।

विद्यार्थीको वर्गीकरणपछि आगामी कार्ययोजना बनाउन सहजहोस् भन्ने लक्ष्यले विवरण सङ्कलन गर्न थालिएको विद्यालयले जानकारी दियो ।

अनलाइन कक्षा निरन्तर सञ्चालनमा

विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावक इन्टरनेटका माध्यमबाट निरन्तर सम्पर्कमा रहँदै आएका छन् । शिक्षक, अभिभावक तथा विद्यार्थीको त्रिकोणात्मक सम्बन्ध राम्रो राख्दै आएको विद्यालयले बन्दबन्दीको समयमा पनि आफ्ना नियमित कार्य सञ्चालन गर्दै आएको छ । विद्यालयले बालबालिकाको सिकाइमा बाधा नपारोस् भन्ने उद्देश्यले बन्दाबन्दी सुरु भएको केही दिनपछि देखि नै अनलाइन कक्षा सञ्चालन गर्दै आएको सुरुमा कक्षा ११ र १२ का विद्यार्थीलाई दैनिक डेड घण्टा पढाउँदै आएको विद्यालयले अहिले कक्षा ९ र १० लाई पनि अनलाइनबाटै पढाउन सुरु गरेको छ । चैत्र दोस्रो हप्तादेखि कक्षा १० र अहिले कक्षा ९ लाई पनि अनलाइन मार्फत पठनपाठन गराउन थालेको छ । जुममार्फत शिक्षक विद्यार्थी दैनिक अन्तरक्रिया गर्दै आएका छन् । शिक्षकले अन्तरक्रियाको अन्त्यमा शिक्षकले दिएको गृहकार्य विद्यार्थीले शिक्षकलाई फेसबुकको म्यासेन्जरमा गरेर पठाउने गरेका छन् । ‘हाम्रो पहिलो प्राथमिकता भनेको बालबालिकाको स्वास्थ्य सुरक्षा गर्दै उनीहरूलाई सही मार्गदर्शन गर्नु हो ।’ प्रधानाध्यापक हेरम्बराज कडेलले भने, ‘सामाजिक दुरी कायम गर्दै इन्टरनेटबाट अहिले कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई पठनपाठन गराउँदै आएका छौं ।’ विद्यालयले सबै कक्षाको पठनपाठन क्रमशः अनलाइनबाट विस्तार गर्दै लाने भएको छ ।

सबै शिक्षकलाई आइसीटी तालिम

विश्व निकेतनले आफ्नो विद्यालयमा कार्यरत सबै शिक्षकलाई अनलाइन कक्षा सञ्चालन गर्नुभन्दा पहिले आइसीटी तालिम प्रदान गरेको छ । प्रविधिको प्रयोग गर्ने तरिका, शिक्षण विधि छनौट तथा शिक्षक विद्यार्थी अन्तरक्रियालाई व्यवहारिक रुपमा उपयोगी बनाउन सबै शिक्षकले तालिम प्रदान गरिएको प्रधानाध्यापक कडेलले बताए ।

विद्यालयमै आएर शिक्षकले अनलाइन कक्षा सञ्चालन गर्ने

लकडाउन सुरु भएयता विद्यालयमा कार्यरत सबै शिक्षक आलोपालो गर्दै विद्यालय पुग्ने गरेका शिक्षक आगामी असार एक गते देखि सबै विद्यालय जाने भएका छन् । विद्यालयमा दैनिक शिक्षकहरूले भावि रणनीति तथा कार्यनीतिका बारेमा छलफल तथा अन्तरक्रिया गर्ने गरेको शिक्षकले असार एक गते देखि विद्यालयबाट नै अनलाइन कक्षा सञ्चालन गर्ने विद्यालयले जानकारी दियो ।

पाठ्यपुस्तक वितरण

विद्यालयले भौतिक दुरी कायम गर्दै विद्यार्थीहरूलाई पाठ्यपुस्तक वितरण गरेको छ । सो विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी काठमाडौं बाहिरका भएको हुनाले अहिलेसम्म न्यून विद्यार्थीलाई मात्र पाठ्यपुस्तक वितरण गरिएको प्रधानाध्यापक कडेलले बताए । ‘सम्भव भएसम्म सबै विद्यार्थीका हातमा पाठ्यपुस्तक पुर्याउँछौं ।’ उनले भने, ‘ विश्व शिक्षाले नयाँ आयाम लिने बेला भएको छ, कोरोना लगायत अन्य महामारी तथा प्रकोपले पनि विद्यालय र विद्यार्थीको पठनपाठन प्रभावित हुनु हुँदैन भन्ने उद्देश्यले हामीले अनलाइन कक्षा सुरु गरेका हौं, यो एउटा सुरुआत हुन सक्छ ।’

देशमा कोरोनाको सङ्क्रमण बढ्दो क्रममा छ । अधिकांश विद्यालयहरूमा क्वारेन्टाइन तथा आइसोलेशन बनाइएको हुँदा विश्वनिकेत तथा अन्य केही विद्यालयले गरेको राम्रो अभ्यासलाई अनुकरण गर्नु पर्ने शिक्षकहरू बताउँछन् । ‘वैकल्पिक शिक्षाको विकल्प छैन, त्यसको संभाव्यता र पूर्वाधार तयार गरेर अनलाइन कक्षा सञ्चालन गर्नुपर्छ ।’ नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मिकिशोर सुवेदी भन्छन्, ‘ससाना नानीबाबुलाई भौतिक दुरी कायम गर्नु भनेको चुनौतीपूर्ण कार्य हो त्यसैले विद्यालयमा प्रत्यक्ष भेटघाट गरेर पठनपाठन गराउन संभावना नभएकाले यो विकल्प उचित हो तर यसका लागि पहिला पूर्वाधार तयार गर्नुपर्छ ।’

A Levels MA