प्रविधिमैत्री शिक्षिक समाज प्युठानले आयोजना गरेको शिक्षण सिकाइमा प्रविधिको प्रयोग सम्बन्धि २० दिने zoom virtual तालिम आज समापन भएको छ ।
यस तालिम कार्यक्रममा खगेन्द्र खत्री, एन्जिल थापा, शेरचन्द्र, धुर्ब गिरि, शुशिला गिरि र जयन्ता घिमिरेले प्रस्तुतिका साथै कायक्रमको सहजिकरण गर्नुभएको थियो ।
यस समापन कार्यक्रममाको अध्यक्षता प्रविधिमैत्री शिक्षाक समाज प्युठानका श्री ध्रुव गिरि ले गर्नुभयको थियोे भने प्रमुख अथितिको रुपमा प्रविधिमैत्री शिक्षक समाज नेपालका केन्द्रिय अध्यक्ष श्री भुपती बश्याल ज्यु हुनुहुन्थ्यो । त्यसैगरी विशिष्ट अथितिको रूपमा शिक्षा विकास तथा समोनय एकाइ प्युठान का प्रमुख श्री शिव राज पन्डित ज्यु हुनुहुन्थ्यो । त्यसैगरी प्रविधिमैत्री शिक्षक समाजका केन्द्रीय पदाधिकरीहरु, प्रदेशका पदाधिकारीहरु अनि विभिन्न पेसागत संघसंगठनमा आवद्ध व्यक्तित्वहरु अनि प्युठान जिल्लाका स्थानीय तहका शिक्षा प्रमुखहरु पत्रकारहरु आमन्त्रित अथितिको रुपमा आसिन हुनुहुन्थ्यो ।
उक्त कार्यक्रमको संचालन STFT प्युठानका सचीव श्री ज्ञानहरि रिजालले गर्नुभएको थियो भने, स्वागत मन्तव्य STFT प्युठान कि महिला उपाध्यक्ष श्री जयन्ता घिमिरेले प्रस्तुत गर्नुभएको थियोे । उक्त कार्यक्रममा २० दिनमा सिकेका कुराहरू सहभागीहरुबाट प्रस्तुति दिनुभएको थियोे । जसमा सुशीला गिरि, सिर्जना पन्डित , पुस्कर भट्टराई , कल्पना थापाबाट PowerPoint, Word, Excel अनि Web Tool को बारेमा प्रस्तुति दिनुभएको थियोे । उक्त कर्यक्रममा १०० जनाको उपस्थिति रहेको थियो ।
STFT प्युठानले यस COVID-19 ले गर्दा भएको बन्दाबन्दिको समयको सदुपयोग गर्दै गत बैशाख १२ देखि शिक्षकहरुको लागि Virtual कक्षा निरन्तर संचालन गर्दै आइरहेको छ र फेरी पनि नयाँ तालिमको खाका छिटै लिएर आउने STFT प्युठान का अध्यक्ष ध्रुव गिरि ले जानकारी गराउनु भएको थियो । कार्यक्रममा निरन्तर सहभागी हुनुहुने करिब ७० जना शिक्षकहरुलाई प्रमाणपत्र प्रदान गरिने छ ।