After SEE Portal

नेपालगञ्ज उप–महानगरपालिकाले संस्थागत विद्यालयको शुल्क तोक्यो

Bridge Course

नेपालगञ्ज उप–महानगरपालिकाले संस्थागत विद्यालयको शुल्क निर्धारण गरेको छ ।

नगर शिक्षा समितिको वैशाख दुई गतेको  निर्णय अनुसार संस्थागत विद्यालयहरुले संस्थागत विद्यालय मापदण्ड तथा निर्देशिका २०८० बमोजिम शुल्क निर्धारण गरेको छ ।

विद्यालय वर्गीकरण श्रेणीको आधारमा आधारभूत तह नर्सरी देखि कक्षा ८ र माध्यमिक तह कक्षा ९–१२ सम्म अधिकतम मासिक पढाइ शुल्क तोकेको छ ।

विद्यालयले शुल्कको दर विद्यालयको सूचना पाटीमा अनिवार्य रुपमा टास्नु हुन र एक प्रति शिक्षा, युवा तथा खेलकुद महाशाखामा स्वीकृतिको लागि पेश गर्नु हुन अनुरोध छ । तपसिल

ग श्रेणीका आधारभूत तहको शुल्क न्यूनतम अधिकतम ३००० र  अधिकतम ३७५० देखि ४६०० सम्म  क श्रेणीका विद्यालयले  ४५०० देखि  ५५०० रुपियाँ सम्म शुल्क लिन पाउने व्यवस्था गरेको छ

संस्थागत विद्यालयले चारित्रिक तथा स्थानान्तरण प्रमाण पत्र वापत आधारभूत तह (नर्सरीदेखि कक्षा ८ सम्म) रु १०००  र माध्यमिक तह कक्षा ९–१२ सम्म रु २००० लिन पाउने निर्णय गरेको छ ।

A Levels MA