A Levels MA

सबै विद्यालयलाई नोबेल कोरोना भाइरसको प्रकोपबाट सजग रहन आग्रह

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले सबै विद्यालयलाई नोबेल कोरोना भाइरसको प्रकोपबाट सजग रहन आग्रह गरेको छ ।

शाखाले सन् २०१९ को मध्य डिसेम्बरदेखि चीनको हुबेई प्रान्तको राजधानी सहर उहानबाट फैलिएको कोरोना भाइसरसका बारेमा आफ्नो विद्यालय तथा समुदाय अतिभय वा पूर्ण वेवास्ता दुवै दृष्टिकोणबाट सतर्कतापूर्वक जोगिनका लागि आग्रह गरेको हो ।

शाखाले यसबारेमा जानकारी लिन, उचित सन्देश प्रवाह गर्न आवश्यक सावधानी अपनाउन विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी तथा सम्वद्ध सबैमा अनुरोध गरेको निर्देशक गेहनाथ गौतमले जानकारी दिए ।

अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार पछिल्लो तथ्यांकअनुसार कोरोना संक्रमित ८१३ को मृत्यु भइसकेको छ । चीन,भारत, पिलिपिन्सलगायत अन्य २८ देशमा यसको संक्रमण फैलिएको छ । त्यस्तैगरी अहिलेसम्म ३७ हजार ५६१ जना यो भाइरसबाट संक्रमित भइसकेका छन् । त्यस्तै गरी नेपालका एक जनामा यो भाइसर देखिएको

कोरोना भाइरसको संक्रमण पशुबाट मानिसमा भएको हुन सक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा। वासुदेव पाण्डेले बताए । 

विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०का अनुसार कोरोना भाइरसको समूह हो । जसले विशेषगरी श्वासप्रश्वास प्रणालीमा असर गर्छ । कोरोना भाइरस श्वासप्रश्वासको माध्यमबाट सर्छ । यसले सामान्य रुघाखोकीदेखि निमोनिया भई मानिसको मृत्युसम्म हुन्छ । चिकित्सकका अनुसार अहिले देखिएको कोरोना भाइरस नयाँ प्रकारका हो । जुन पहिले मानिसमा पहिचान भएको थिएन ।

डब्लूएचओका अनुसार कोरोना भाइरसले मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम (मार्स) र सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम ९सार्स०को समस्या निम्त्याउँछ । नोबेल कोरोना भाइरस नयाँ प्रजातिको भाइरस हो जुन मानव जातिमा पहिले पहिचान भएको थिएन । यस भाइरसले मानिस र पशुहरूमा संक्रमण गर्छ । नोबेल कोरोना भाइरसले गर्दा हुने रोगको लागि कुनै खास उपचार छैन । लक्षणका आधारमा उपचार गरिने चिकित्सक बताउँछन् ।

स्वास्थ्य जनसंख्या मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शंकास्पद व्यक्तिको विमानस्थलमै स्वास्थ परीक्षण गर्ने व्यवस्था मिलाइएको मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए । उनले भने, ‘हाल आठ जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ । पाटन अस्पताल, शुक्रराज अस्पतालमा उपचारको व्यवस्था गरिएको छ ।’

विस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्ः

Thuprai - Books and E-books