गत शैक्षिक वर्षको तुलनामा उच्च शिक्षामा विद्यार्थी संख्या बढेका छन् । आर्थिक बर्ष २०८०–८१ मा अघिल्लो वर्षको तुलनामा ५३ हजार ६०५ जना विद्यार्थी बढेका छन् ।
विश्वविद्यालय अनुदान आयोगले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालमा उच्च शिक्षा अध्ययनरत विद्यार्थीको संख्या ६ लाख ३३ हजार ५३ रहेको छ । त्यसमा त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीको संख्या ४ लाख ९१ हजार २९९ रहेको छ । कुल विद्यार्थी मध्ये त्रिविमा ७७ दशमलव ६१ प्रतिशत विद्यार्थी अध्ययनरत रहेका छन् ।
आंगिक क्याम्पसमा ३७ दशमलव ५८, सामुदायिकमा ३२ दशमलव २६ र निजीमा ३० दशमलव १६ प्रतिशत विद्यार्थी अध्ययनरत रहेको प्रतिवेदनमा उल्लेख छ ।
प्राविधिक विषयमा विद्यार्थी घटे
हाल प्राविधिक विषयमा विद्यार्थीको भर्ना १८ दशमलव ३२ प्रतिशत रहेको छ । प्राविधिक विषयमा गत वर्ष भन्दा १ प्राविधिक विषयमा विद्यार्थीको भर्ना १८दशमलव ३२ प्रतिशत रहेको छ । ४ प्रतिशत कम विद्यार्थी भर्ना धएका छन् ।
विषयगतरुपमा व्यवस्थापनमा ४४ दशमलव ६८, शिक्षा शास्त्रमा २२ दशमलव ०२, विद्यार्थी अध्ययनरत छन् ।
स्नातकपछि हराउँछन्
हाल उच्च शिक्षाको भर्नादर २२ प्रतिशत रहेको छ । त्यसमा तहगत रुपमा स्नातकमा ८९ प्राविधिक विषयमा विद्यार्थीको भर्ना १८ दशमलव ३२ प्रतिशत रहेको छ । तहगत रुपमा हेर्दा स्नातकमा ८९ दशमलव ९६, स्नातकोत्तरमा ९ दशमलव ९६ र बाँकी त्यो भन्दा माथिका कक्षामा रहेको छ ।
यो तथ्यांकलाई हेर्दा स्नातकपछिको ठुलो समूहले माथिल्लो तह पार गर्ने गरेका छैनन् ।
१०८ ले क्युएए पाइसके
हाल आङ्गीक क्याम्पसको संख्या १६४ छ । सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसहरुको संख्या ५४५ , निजीको ६२३ गरी जम्मा १ हजार ४३२ ओटा क्याम्पस रहेका छन् ।
आयोगका अनुसार हाल १०८ उच्च शैक्षिक संस्थाले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र (क्युएए) पाएका छन् । ती मध्ये १२ ओटाले दोस्रो पटक पाएका छन् भने ३०२ ओटा उच्च शैक्षिक संस्थाको एलओआई स्वीकृत भई प्रत्यायनको प्रक्रियामा रहेका छन् ।
ठूलो धनरासी विदेशियो
आयोगका अनुसार अध्ययनका लागि विद्यार्थीहरु विदेशिने क्रम बढेसंगै ठूलो धनरासी समेत विदेशिएको छ ।
आ।ब। २०७९–८० मा १ लाख १० हजार २१७ जना विद्यार्थी अध्ययनका लागि विदेश गए । ती विद्यार्थीले १ खर्ब ४२ करोड ३३ लाख रुपियान् अध्ययन शुल्क तथा व्याक्तिगत खर्चका लागि लगे ।
त्यसैगरी आ।ब। २०८०–८१ मा १ लाख १२ हजार २६९ जना विद्यार्थी अध्ययनका लागि विदेश गए । उनीहरुले १ खर्ब १७ अर्ब ५८ लाख रुपियाँ अध्ययन शुल्क तथा व्याक्तिगत खर्चका लागि लगे ।
यस वर्षको असोज मसान्त सम्म २८ हजार विद्यार्थीले बैदेशिक अध्ययनका लागि अनुमति पत्र लिएका छन् । उनीहरुले ३२ अर्ब १ करोड रकम विदेश लगेको देखिन्छ ।
विद्यार्थी भर्ना घट्यो
उच्च शैक्षिक संस्थाहरुको संख्या तथा शैक्षिक कार्यक्रमहरु क्रमिक रुपमा बढदै गएका छन् । ती संस्था तथा कार्यक्रमहरुमा विद्यार्थी भर्ना वर्सै पिच्छे क्रमिक रुपमा घटदै गएको छ ।
यस्ले उच्च शैक्षिक संस्थाहरुको सञ्चालन, आर्थिक व्यवस्थापन तथा दीगोपनामा समेत असर गरेको छ । यो अवस्थालाई सुधार गरी कुल भर्नादर बढाउनु चुनौतीपूर्ण रहेको आयोगको प्रतिवेदनमा उल्लेख छ ।
कुल विद्यार्थी संख्यामा उल्लेख संख्या बढे पनि विश्वविद्यालयले तय गरेका कार्यक्रमको निर्धारित सिट संख्या नपुग्ने गरेको काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा बताउछन् । ‘नेपाली विश्वविद्यालयले पनि आफ्ना कार्यक्रममा विविधता ल्याउने पर्छ’ उनी भन्छन्, ‘विश्वविद्यालयले एकीकृत विश्वविद्यालय अवधारण ल्याउन आवश्यक छ ।’
उच्च शिक्षामा हुने अनुसन्धानलाई राष्ट्रिय प्राथमिकताको क्षेत्रसँग थप जोडेर अनुसन्धानबाट प्राप्त निचोडले राष्ट्रिय नीति निर्माण प्रक्रियामा पृष्ठपोषण प्रदान गर्ने र देशको समग्र आर्थिक र सामाजिक विकासमा सहयोग गर्ने भूमिका निर्वाह गर्ने वातावरण तयार गर्नु चुनौतिपूर्ण रहेको उनी बताउँछन् ।
विश्वविद्यालयमा गैर प्राज्ञिक गतिविधिहरु बारम्बार हुने गरेकोले यस प्रकारको वेथितिलाई न्यूनीकरण नगरी उच्च शिक्षामा सुशासन तथा उत्कृष्ट व्यवस्थापनको वातावरण सुनिश्चित गर्नु चुनौति देखिएको त्रिविका उपकुलपति प्राडा केशरजंग बरालले बताए । ‘विश्वविद्यालय सुधार गर्न पहिलो विश्वविद्यालयमा दलका भातृ संस्था सञ्चालन गर्न बन्द गर्नुपर्छ ।’ उनी भन्छन्, ‘विश्वविद्यालयलाई नेता उत्पादन गर्ने नर्सरी होइन प्राज्ञिक उत्पादन गर्ने प्राज्ञिक थलो बन्न दिनुपर्छ ।’