After SEE Portal

आजको दीक्षान्त समारोह ऐतिहासिक हुने त्रिविको दाबी

Bridge Course

त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोह त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा  केहीबेर पछि सुरु हुँदै छ ।

सो समारोह त्रिविको इतिहासमा नै ऐतिहासिक हुने त्रिविको दाबी छ ।  यो समारोह विश्वका विश्वविदालयको इतिहासमा नै सबैभन्दा  ठूलो दीक्षान्त समारोह बन्ने  त्रिविको दाबी छ ।

त्रिविले सो समारोहमा  जसमा ७३, हजार ६००  विद्यार्थीलाई दीक्षित गर्ने छ । आज दीक्षित हुनेको ग्रेस लिष्ट त्रिविले ६१ औं बार्षिक सभामा पास गरिसकेको छ । सो ग्रेस लिष्ट अनुसार व्यवस्थापन संकायबाट २८ हजार ४ सय ३८, शिक्षाशास्त्र संकायबाट १८ हजार १ सय ६३, मानविकी तथा सामाजिकशास्त्र संकायबाट १५ हजार १८, कानुन संकायबाट २ हजार ३ सय ६३, विज्ञान तथा प्रविधि अध्ययन संस्थानबाट ७ हजार २ सय ७८, इन्जिनियरिङ्ग अध्ययन संस्थानबाट २ हजार ८ सय ८३, चिकित्साशास्त्र अध्ययन संस्थानबाट २ हजार १०, कृषि र पशु विज्ञान अध्ययन संस्थानबाट ६ सय ५०, वन विज्ञान अध्ययन संस्थानबाट ३ सय गरी जम्मा ७७ हजार १ सय ३ विद्यार्थी  रहेका छन ।

आजको समारोहमा भौतिक रुपमा विद्यार्थी, अभिभावक, पर्यवेक्षक सहित १२ हजार ४१५ सहभागी हुने त्रिविले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गिनिज बुक बल्र्ड रेकर्डको टोली आइ सक्यो

विश्वमा एकै पटक ७३ हजार बढी दीक्षित गर्ने अरु विश्वविद्यालय  नभएको दाबी गर्दै सो रेकर्डका लागि आवेदन दिएको हो  ।

सो आवेदनको अवलोक गर्न  ‘गिनीज बुक अफ वर्ल्ड  रेकर्ड’का प्रतिनिधिहरू  आज काठमाडौं आइपुगेका छन् । गिनीज बुकका प्रतिनिधिहरूले भोलि हुने हुने दीक्षान्त समारोहमा प्रत्यक्ष अवलोकन गर्ने भएका हुन् ।

त्रिविका फरक अभ्यास

त्रिविमा करिब पाँच लाख विद्यार्थी छन् । त्रिविले ३६५ जनालाई  माइक्रोसफ्ट  एवान लाइसेन्स प्रदान गरेको छ । अनलाइन पुस्तकालय,  बौ४िक चोरी नियन्त्रणका लागि आइथेन्टिकेट सफ्टवेयरको प्रयोग गर्ने, विगत पाँच वर्षदेखि मुडललाई लर्निङ म्यानेजमेन्ट सिस्टमका रुपमा प्रयोग गर्नेजस्ता अभ्यास गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्रिविको विज्ञप्ति हेर्नुहोस्ः 

A Levels MA
Thuprai - Books and E-books