गिनीज बुक अफ वर्ल्ड रेकर्डमा त्रिविको दाबी

त्रिभुवन विश्वविद्यालयले विश्वमा नै धेरै विद्यार्थी दीक्षित गर्ने दाबी गर्दै ‘गिनीज बुक अफ वर्ल्ड रेकर्ड’ आवेदन दिएको छ ।

विश्वमा एकै पटक ७३ हजार बढी दीक्षित गर्ने अरु विश्वविद्यालय  नभएको दाबी गर्दै सो रेकर्डका लागि आवेदन दिएको हो  ।

सो आवेदनको अवलोक गर्न  अफिसियल वर्ल्ड रेकर्ड एसोसिएसन (ओडब्लुआर) का प्रतिनिधिहरू  आज काठमाडौं आइपुगेका छन् । गिनीज बुकका प्रतिनिधिहरूले भोलि हुने हुने दीक्षान्त समारोहमा प्रत्यक्ष अवलोकन गर्ने भएका हुन् ।

भोलि  हुने त्रिविको ४९औं दीक्षान्त समारोहमा ७३ हजार बढी दीक्षित हुने त्रिविको सूचना तथा जनसम्र्क शाखाले जानकारी दियो ।

सो समारोहमा त्रिविबाट  ७३ हजार बढी भए पनि सोमबार दशरथ रंगशालामा हुने दीक्षान्त समारोहमा प्रमाणपत्र बुझेर दीक्षित हुने विद्यार्थी संख्या भने साढे १२ हजार रहेको त्रिविले जानकारी दियो ।समारोहमा करिब २८ हजार संख्यामा विद्यार्थी तथा अभिभावक उपस्थित हुनेछन् ।

Degrees offered in nepal
Counseling
Bachelors Portal