After SEE Portal

त्रिविले स्नातक तह तीन वर्षे बनाउने प्रक्रिया सुरु गरेको छैनः उपकुलपति बास्कोटा

Bridge Course

त्रिभुवन विश्वविद्यालय (त्रिवि) तत्काल स्नातक तहको समयावधि छोट्याउने प्रक्रियामा गइनसकेको विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले जानकारी दिए ।  हाल वार्षिक प्रणाली अन्तर्गत चारवर्षे र सेमेष्टर प्रणालीमा आठ सेमेस्टर कार्यान्वयनमा आइरहेको स्नातक तहको समयावधि छोट्याउने पक्षमा नगएको उनले बताएका हुन् ।

इडियुपत्रसंग प्रतिक्रिया दिँदै अहिले बजारमा आएको स्नातक तहको समयावधि घटाउने भन्ने समाचार गलत भएको उनले बताए ।

अहिले सञ्चालनमा आएको वार्षिक तथा सेमष्टर प्रणालीको समय परिवर्तन गर्नु अघि सबै संकाय तथा विषयको पाठ्यक्रम परिमार्जन गर्नुपर्ने हुँदा अहिले उक्त विषय कुनै पनि समितिमा छलफलमा गएर निर्णय नभएको त्रिविका सूचना अधिकारी योगेन्द्र प्रसाद दाहालले बताए । ‘नीति तथा कार्यक्रममा उक्त विषय सम्बोधन भएको हो ।’ उनले भने, ‘तर यो परिवर्तन प्रक्रिया लामो छ, अहिले तत्काललाई यो छलफलमा आइसकेको छैन ।’

त्रिविले २०७१–७२ सालदेखि व्यवस्थापन सङ्कायबाट स्नातक तहलाई चारवर्षे बनाएको थियो । मानविकी तथा सामाजिकशास्त्र सङ्कायमा चारवर्षे स्नातक सुरु भएको तेस्रो वर्ष मात्र भएको त्रिविले जानकारी दियो । त्रिविका अनुसार अहिले यो तहका विद्यार्थी तेस्रो वर्षको परीक्षा दिइरहेका छन् ।

महामारी, मानव संशाधनको अभावका कारण परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनमा अनियमितता भएको पाइएपनि त्यसलाई सुधार गर्न त्रिविले पहल गरेको उपकुलपति बास्कोटाले बताए ।

उच्चशिक्षामा मुलुकका युवा शक्ति विदेशिने परिस्थितिको अन्त्य गर्न त्रिवि क्रियाशिल रहेको, परीक्षा प्रणालीलाई थप व्यवस्थित र सृदृढ गर्न लागिएको, शीघ्र नजिता प्रकाशनका लागी विशेष पहलकदमी लिइएको उपकुलपति बास्कोटाले बताए ।

 

A Levels MA