After SEE Portal

शिक्षामा कर्मचारी सरुवा

Bridge Course

शिक्षा सेवाका उपल्ला दर्जाका कर्मचारीहरुको सरुवा र जिम्मेवारी हेरफेर गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय स्रोतका अनुसार शिक्षा मन्त्रालयको विद्यालय शिक्षा महाशाखाको जिम्मेवारी सहसचिव दीपक शर्मालाई दिइएको छ भने सोही मन्त्रालयको प्राविधिक महाशाखाको जिम्मेवारी सहसचिव डा. हरि लम्साललाई दिइएको छ । यसअघि सहसचिव शर्माले दुवै महाशाखा हेर्दै आएका थिए । सहसचिव डा. लम्साल हालैमात्र वागमती प्रदेशबाट सरुवा भएर आएका थिए ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक अण न्यौपानेलाई पाठ्यक्रम विकास केन्द्रको महानिर्देशक बनाइएको छ । सो केन्द्रमा रहेका महानिर्देशक केशव दाहाललाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा ल्याइएको छ ।

त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०)मा परीक्षा नियन्त्रकको जिम्मेवारी रुद्र अधिकारीलाई दिइएको छ । यसअघिका परीक्षा नियन्त्रक रामराज खकुरेललाई विद्यालय शिक्षक किताबखानामा लगिएको छ । नयाँ परीक्षा नियन्त्रक अधिकारी यसअघि पाठ्यक्रम विकास केन्द्रमा थिए ।

यसैगरी विद्यालय शिक्षक किताबखानामा रहेका उपसचिव शिवकुमार सापकोटालाई शैक्षिक गुणस्तर परीक्षण केन्द्रमा सरुवा गरिएको छ ।

 

A Levels MA
Thuprai - Books and E-books