After SEE Portal

प्राविधिक विषयमा शिक्षक प्रधानाध्यापकलाई तालिम

Bridge Course

सामुदायिक विद्यालयका प्रधानाध्यापक र विज्ञान शिक्षकलाई काठमाडौँ महानगरपालिकाले प्राविधिक विषयका चार क्षेत्रमा अभिमुखिकरण सुरु गरेको छ ।

रोबोटिक्स, कृतिम वौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स), ड्रोन टेक्नोलोजी र कोडिङ्को विषयमा अभिमुखीकरण थालेको हो ।

भानु माध्यमिक विद्यालयमा प्रविधिका चार ओटा विधा (रोवोटिक्स, कृतिम वौद्धिकता, ड्रोन टेक्नोलोजी र कोडिङ्) मा अभिमुखीकरण प्रदान गरेको छ ।

त्यस्तै पद्मोदय माध्यमिक विद्यालयमा विज्ञान शिक्षक र कक्षा ८ का विद्यार्थीका लागि ड्रोन टेक्नोलोजीका विषयमा प्रयोगात्मक चिनारी गराइएको महानगरले जानकारी दियो ।

‘विज्ञान र प्रविधिमा आधारित जीवन शैली सञ्चालन भइरहेको वतर्मान परिपेच्छमा विद्यालय तहमा यस्ता तालिम प्रदान गर्न सकिएमा सहज हुने र पुस्तकमा भएको साध्य (थ्यौरी) लाई प्रविधि सँग जोडेर अध्ययन गर्न पाउने वातावरण तयार गर्न यो कार्यक्रम आयोजना गरिएके कार्यक्रमका सहायक विज्ञ शैलेन्द्र झाले बताए ।

महानगरपालिकाले बुक फ्रि फ्राइडेका कार्यक्रमलाई निरन्तरता दिएको छ । यसअन्तर्गत सञ्चालन हुने सिपमा शिक्षा कार्यक्रमको अर्को सत्र सञ्चालन तयारी गरिरहेको छ ।

 

A Levels MA