त्रिभुवन विश्वविद्यालयले भोलि शोक बिदा दिएको छ । त्रिवि सेवा आयोगका पूर्वअध्यक्ष चैतन्य शर्माको निधनमा विश्वविद्यालयले शोक बिदा दिएको हो ।
शिक्षाविद् समेत रहेका ७३ वर्षीय शर्माको कात्तिक १६ गते निधन भएको थियो । उनको निधनमा शोक व्यक्त गर्दै विश्वविद्यालयले एक दिन त्रिवि केन्द्रीय कार्यालय लगायत त्रिविका सम्पूर्ण निकायहरू बन्द हुने जनाएको छ ।
त्रिवि कार्यकारी परिषद्को २०७२ चैत ४ गते बसेको बैठकको निर्णय नम्बर ४०३ ले त्रिविका पदाधिकारी ९पूर्वपदाधिकारी समेत०को निधनमा शोक बिदा दिने निर्णय गरेको थियो । सोही आधारमा एक दिन शोक बिदा दिइएको सूचना अधिकारी भीम बहादुर श्रेष्ठले जानकारी दिए ।
उच्च माध्यमिक विद्यालय शिक्षा परिषद्का पूर्वउपाध्यक्ष, नेपाल प्रगतिशील प्राध्यापक संगठनका संस्थापक महासचिव, मदनभण्डारी मेमोरियल कलेजका पूर्वक्याम्पस प्रमुख समेत रहेका शर्माको ओम हस्पिटल चाबहिलमा उपचारका क्रममा निधन भएको थियो ।