A Levels MA

शिक्षक महासंघको आन्दोलन नयाँ मोडका साथ उत्कर्षमा लानेः तुलाधर

नेपाल राष्ट्रिय शिक्षक महासंघको जारी आन्दोलन नयाँ मोडका साथ उत्कर्षमा लगिने नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय समितिबाट कार्यबाह अध्क्षयमा सिफारिस भएकी कमला तुलाधरले बताइन् । ‘शिक्षकको जारी आन्दोलनलाई थप शसक्त बनाइ उत्कर्षमा पुर्याउन महासंघले भोलिदेखि नै छलफल सुरु गर्ने छ ।’ कार्यबाहक अध्यक्ष सिफारिस भएक लगतै इडियुपत्रसंग प्रतिक्रिया दिँदै उनले भनिन्, ‘शिक्षकका माग र मुद्दालाई कार्यान्वयनका लागि निर्णायक आन्दोलन हुनेछ ।’

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको राष्ट्रिय समितिले हिजो शिक्षक कमला तुलाधरलाई नेपाल शिक्षक महासंघको कार्यवाहक अध्यक्षमा सिफारिस गरेको छ । लामो समयको छलफल र विवादपछि नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय समितिले नागार्जुन नगरपालिका काठमाडौको रत्नराज्य माध्यामिक विद्यालयकी शिक्षक कमला तुलाधरलाई कार्यवाहक अध्यक्षमा सिफारिस गरेको हो।

२०७६ चैत २९ गते तत्कालीन अध्यक्ष बाबुराम थापाको अनिवार्य अवकास भएपछि पनि नेपाल शिक्षक महासंघको नेतृत्व समालिरहेकको भन्दै सहअध्यक्ष, महासचिव लगायतले उनलाई अध्यक्ष मान्न बहिस्कार गर्दै आएका थिए । महासंघको लामो समयदेखिको विवाद तुलाधरलाई कार्यबाहक अध्क्षयमा सिफारिस गरेसैगै टुंगिएको छ । महासंघ दुई धारमा विभाजन भएपछि शिक्षकको हकहितका लागि केही गर्न नसकेको आरोप लाग्दै आएको थियो।

अवकास प्राप्त व्यक्ति अध्यक्ष नरहने महासंघको विद्यानको दोसो संशोधनको नियम ७.२ को ख बमोजिम नभएको भन्दै विवाद हुँदै आएको थियो । सो नियम अनुसार अवकास प्राप्त व्यक्ति महासंघको कुनै पनि समितिमा रहन नसक्ने स्पष्ट उल्लेख भएको छ ।

विसं २०७७ फाल्गुण २९ को विशेष राष्ट्रिय परिषदको निर्णयबाट चार बुँदे सहमति भएसँगै तात्कालीन अध्यक्ष बाबुराम थापा पदमुक्त हुनु भएपछि विधान बमोजिम सहअध्यक्ष पूर्णप्रसाद दवाडीले कार्यवाहक अध्यक्षको जिम्मेवारी समाल्दै आएको महासचिव लक्ष्मीकिशोर सुवेदिले जानकारी दिए ।

Thuprai - Books and E-books