After SEE Portal

तीन विषयको पाठ्यक्रम सार्वजनिक (पाठ्यक्रम सहित)

Bridge Course

शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणीको खुला प्रतियोगितात्मक परीक्षाको तीन विषयको पाठ्यक्रम सार्वजनिक गरेको छ । आयोगले नेपाली, अंग्रेजी र गणितको विषयगत परीक्षाको पाठ्यक्रम सार्वजनिक गरेको हो ।

आयोगले माध्यमिक तह तृतीय श्रेणीका खुला प्रतियोगितात्मक विषयगत परीक्षाको पाठ्यक्रम २०७६ सार्वजनिक गरेको छ । सार्वजनिक भएका तीन विषयको पाठ्यक्रममा अनुसार सय पूर्णाङ्कको ४० नम्बर उत्तीर्णाक भएको पाठ्यक्रम सार्वजनिक गरेको हो ।

शिक्षक सेवा आयोगले खुला विज्ञापन गर्नका लागि आवश्यक पूर्व तयारी गर्न थालेको छ । आयोग गत असोजमा लिएको लाइसेन्सको सबै तहको नतिजा सार्वजनिक गरिसक्ने बितिकै खुला विज्ञान गर्ने उद्देश्यले खुला विज्ञापनको पाठ्यक्रम तयार गरिरहेको छ । आयोगले शिक्षक सेवा नियमावलीको दशौं संशोधन अनुसार पाठ्यक्रम तयार गरिरहेको छ ।

आयोगले अबका परीक्षा सामान्य र विषयगत परीक्षाका लागि धमाधम पाठ्यक्रम सार्वजनिक गर्न थालेको छ । आयोगले सबै तहको सामान्य परीक्षाको पाठ्यक्रम गत फागुन एक गते नै सार्वजनिक गरिसकेको छ ।

नेपालीको पाठ्यक्रम् हेर्न यहाँ क्लिक गर्नुहोस्ः

अंग्रेजीको पाठ्यक्रम् हेर्न यहाँ क्लिक गर्नुहोस्ः

गणितको पाठ्यक्रम् हेर्न यहाँ क्लिक गर्नुहोस्ः

माविको लाइसेन्सको १२ विषयको नतिजा सार्वजनिक (नतिजा सहित)

 

आयोगले अहिलेसम्म नेपाली, गणित, सामाजिक, कार्यालय संचालन तथा लेखा, कम्प्युटर विज्ञान, बाली विज्ञान, सिभिल इन्जिनियर, इलेक्ट्रिकल इन्जिनियर,पशु विज्ञान, कानुन र कम्प्युटर इन्जिनियरङको नतिजा सार्वजनिक गरेको छ । 

आयोगले अहिलेसम्म माध्यमिक तहको १२ विषयको नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक भएको नतिजा अनुसार सबैभन्दा थोरै परीक्षार्थी सामाजिक विषयमा भएका छन् । लिखित परीक्षामा १० हजार ७६१ परीक्षार्थी सहभागी भएकोमा ७०९ जनाले मात्र न्यूनतम ५० नम्बर ल्याएर पास भएका छन् । सो विषयको परीक्षामा ३८५ जनाको परीक्षा रद्द भएको छ । यो विषयमा ६.५८ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण भएका छन् ।

त्यसैगरी गणितमा ८. ६२ प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण भएका छन् । यो विषयको लिखित परीक्षामा ५ हजार १२५ परीक्षार्थी सहभागी भएकोमा ४४२ जना मात्र पास भएका छन् ।

नेपाली विषयको लिखित परीक्षामा जम्मा १६ हजार ४७ जना परीक्षार्थी सहभागी भए । सय पूर्णाङ्कको सो परीक्षाको उत्तीर्णाङ्क ५० निर्धारण गर्‍यो तर सो परीक्षामा जम्मा २ हजार ७३८ जना परीक्षार्थीले मात्र न्यूनतम् ५० अङ्क ल्याउन सफल भए । आयोगका अनुसार लाइसेन्सको नेपाली विषयको सो परीक्षामा जम्मा १७।०६  प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण हुन सफल भएका छन् ।

आयोगका अनुसार कार्यलय संचालन तथा लेखा विषयमा ७७९ जना मात्र परीक्षार्थी उत्तीर्ण भएका छन् । यो विषयको लिखित परीक्षामा ३ हजार ९२७ जना परीक्षार्थी सहभागी भएका थिए । यो विषयको लाइसेन्सको परीक्षामा १९.८४ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण भएका छन् ।

इलेक्ट्रिकल इन्जिनियरङ विषयको लिखित परीक्षामा ९१ जना सहभागी मध्ये ४३ जना मात्र उत्तीर्ण भएका छन् । यो विषयमा ३९.९९ प्रतिशत मात्र उत्तीर्ण भएका छन् ।

सिभिल इन्जिनियरिङ विषयको लिखित परीक्षामा २९८ जना परीक्षार्थी सहभागी भएका मध्ये ४९ जना मात्र उत्तीर्ण भएका छन् । यो विषयको परीक्षाको उत्तरपुस्तिकामा प्रश्नपत्र कि उल्लेख गर्न विर्सन ४ जना मात्र रहेका छन् ।यो विषयमा १६.४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

त्यस्तै पशु विज्ञान विषयको परीक्षामा ४३ जना सहभागी भएकोमा २९ जना उत्तीर्ण भएका छन् । यो विषयमा ६७.४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । 

त्यस्तैगरी बाली विज्ञान विषयमा ३८० जना परीक्षार्थी लिखित परीक्षामा सम्मिलत  भएका मध्ये २४९ जना विद्यार्थी उत्तीर्ण भएका छन् । यो विषयमा ६५.११ प्रतिशत परीक्षर्थी उत्तीर्ण भएका छन् ।  भने कानुन विषयको लिखित परीक्षामा ४४ जना सम्मिलित भएकामध्ये ३५ जना परीक्षार्थी मात्र उत्तीर्ण भएका छन् ।  यो विषयमा जम्मा ७९.५ छ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

त्यसैगरी कम्प्युटर इन्जिनियरिङ विषयमा २७९ परीक्षार्थी लिखित परीक्षामा सहभागी भएकोमा ६० जना मात्र उत्तीर्ण भएका छन् ।  यो विषयमा जम्मा २१.५१ प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण भएका छन् । भने कम्प्युटर विज्ञानको लिखित परीक्षामा ६५५ जना सहभागी भएका मध्ये ३४८ जना मात्र परीक्षार्थी उत्तीर्ण भएका छन् । यो  विषयमा ५८.६३ प्रतिशत मात्र परीक्षा उत्तीर्ण भएका छन् ।

सामाजिक विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्ः

गणित विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्ः

A Levels MA
Thuprai - Books and E-books