After SEE Portal

कक्षा १२ को नतिजामा देखिएकाे यस्ताे अन्याेल

Bridge Course

सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको समग्र नतिजा थाहा नपाउँदा कक्षा १२ पूरा गरेका विद्यार्थीहरु यतिबेला अन्योलमा छन् । 

विशेषगरी स्नातक तहमा विज्ञान विषय लिएर अध्ययन गर्न चाहने विद्यार्थी अझ बढी छटपटीमा देखिएका छन् । यस विषयमा स्पष्ट हुन राष्ट्रिय परीक्षा बोर्डमा सम्पर्क गर्नेहरु दैनिक सयौँ रहने गरेको पाइएको छ ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले सैद्धान्तिकमा डी ग्रेड प्राप्त गरेकाहरुको प्रयोगात्मकमा ए वा एप्लस भए समग्रमा सीप्लस हुने जानकारी दिए । “सैद्धान्तिकमा डी प्राप्त गरेका छन् तर प्रयोगात्मकमा एभन्दा कम भए समग्रमा सी आउनसक्छ” उनले भने ।

उनले सैद्धान्तिकमा डी र प्रयोगात्मकमा ए वा एप्लस प्राप्त गरेकाहरुले चिकित्साशिक्षा, इन्जिनियरिङ लगायतका प्राविधिक विषयमा भर्ना सहजै पाउने बताउँदै भने, “त्यस्ताहरुको सीप्लस आउँछ । त्यसैले एमबीबीएस पढ्न पाइन्छ कि पाइँदैन भनेर चिन्ता गर्नुपर्दैन । नआत्तिए हुन्छ ।”

गत जेठमा सञ्चालन गरिएको कक्षा १२ को परीक्षा शुक्रबार सार्वजनिक गरिएको थियो । उनले १५ दिनभित्र ट्रान्सक्रिप्ट विद्यार्थीको हातमा पुग्ने र त्यसपछि विद्यार्थी स्पष्ट हुने बताए ।

A Levels MA
Thuprai - Books and E-books