After SEE Portal

विजय स्मारकमा यसरी गरियो रकम पच

Bridge Course

काठमाडौँको विजय स्मारक माध्यमिक विद्यालयका प्रधानाध्यापक, लेखाका कर्मचारी लगायतले कोभिड–१९ का बखत आर्थिक अनियमितता गरेको पाइएको छ ।

आर्थिक वर्ष २०७८÷७९ को विद्यालय सामाजिक परीक्षणको प्रतिवेदन भर्खरै सार्वजनिक भएको छ । सो प्रतिवेदनमार्फत आर्थिक अनियमितता गरेको पुष्टि गरिएको छ ।

मनोरन्जन, चियापान तथा स्टाफ दैनिक खाजा खर्च शीर्षकमा तीन लाख ५५ हजार ९० रुपियाँको बिल बनाइएको पाइएको छ । शिक्षक–अभिभावक सङ्घका अध्यक्ष समेत रहेका सामाजिक परीक्षण समितिका संयोजक ईश्वर ज्ञवालीले मनोरन्जन शीर्षकको व्यवस्था सामुदायिक विद्यालयमा नहुने बताउँदै थपे, “कोभिडका कारण भौतिक कक्षा जम्मा ९८ दिन सञ्चालन भएको छ । तोकिएको सरकारी मापदण्डअनुसार (प्रतिदिन प्रतिशिक्षक ३५ रुपियाँ) खाएको भए पनि त्यो बेला स्टाफ खाजा खर्च बढीमा एक लाख ३० रुपियाँ हुनुपर्ने हो । तर नक्कली बिल पेस गरी अनियमित गरिएको छ ।”

समितिले त्यसरी खर्च गरिएको पाइएपछि त्यहाँ कार्यरत शिक्षकले २०७८ साल वैशाखदेखि माघसम्म घरबाटै अनलाइन कक्षा सञ्चालन गरिएको भन्दै आफूहरुले खाजा नखाएको र खाजावापत भत्ता पनि नलिइएको भनी लिखित निवेदन दिएका छन् ।

त्यस्तै मर्मत तथा सम्भार खर्च वापत विद्यालयले चार लाख ५७ हजार ६९७ रुपियाँ २५ पैसाको बिल प्रस्तुत गरेको छ जबकी त्यसका लागि दुई लाख १९ हजार ७२६ रुपियाँ २१ पैसाको मात्र रकम अनुमोदन भएको छ । फर्निचर तथा फर्निसिङ खरिदका लागि सात लाख छ हजार १६७ रुपियाँ ३३ पैसा खर्च गरिएको देखाइएको छ भने त्यसका लागि तीन लाख ४८ हजार रुपियाँमात्र अनुमोदन भएको छ ।

समितिका संयोजक ज्ञवालीले ट्रस्ट निर्माणका लागि २९ लाख ४२ हजार १८६ रुपियाँ ८६ पैसा खर्च गरिएको देखाइएको तर ट्रस्ट निर्माण खर्च गरी बचेको चार लाख ३५ हजार एक सय रुपियाँ ९३ पैसा खोजी गर्दा विद्यालय प्रशासनले सोभन्दा धेरै खर्च भएको भन्दै विस्तृत जानकारी उपलब्ध नगराएको बताए ।

“कक्षा ११ र १२ तर्फ बैठक नै बसेको छैन तर ३६ हजार ४०५ रुपियाँ बैठक खर्च देखाइएको छ । परिवहन वितरण गरिएको छैन तर त्यसवापत १९ हजार तीन सय रुपियाँ खर्च भएको भनिएको छ । ५२ हजार रुपियाँको के मेसिनरी औजार विद्यालयले किन्यो होला ? कोभिडका बेला छपाइ पत्रपत्रिका सूचनावापत के खर्च गरियो होला र ? तर त्यसवापत ४३ हजार रुपियाँको बिल देखाइएको छ । ३२ हजार आठ सय रुपियाँको विज्ञापन वापत खर्च गरिएको भनिएको छ तर त्यो विज्ञापन कहाँ खर्च गरियो भन्ने नै छैन” उनले भने, “आर्थिक अनियमितता भएको छ । नक्कली बिल प्रस्तुत गरिएको छ । यसको सरकारी निकायबाटै छानविन हुनुपर्छ ।”

हरेक खर्चको विद्यालय व्यवस्थापन समितिबाट अनुमोदन गराउनुपर्नेमा सो नगराएको र बजेट पनि पेस भएकोले अनुमोदन नै नगरिएको पाइएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र कार्कीले भने, “कहाँ बैठक बस्यो भन्ने हामीलाई अत्तोपत्तो छैन । छपाइ, पत्रपत्रिका सूचना कहाँ गरियो भन्ने पनि हामीलाई थाहा छैन । बजेटमा विज्ञापनवापत रकम छैन तर त्यसवापत खर्च गरेर बिल देखाइएको छ । कोरोनामा विद्यालय बन्द छ तर अतिथि सत्कारका लागि रकम खर्च भएको बिल छ । मनोरन्जन, चियापान आदि शीर्षकमा बजेट नै छैन तर खर्च भएको देखाइएको छ । बिल अनुमोदन पनि गराइएको छैन ।”

गत कात्तिकमा सामाजिक परीक्षण गरिसक्नुपर्नेमा बल्ल त्यसबेला संयोजक तोकिएको थियो । गत जेठ ११ गतेको भेलाले सामाजिक परीक्षण प्रतिवेदन अनुमोदन गरेपछि सो सार्वजनिक भएको हो । सार्वजनिक भएपछि त्यहाँ कार्यरत शिक्षकहरु चकित परेका छन् । उनीहरुले आफ्ना टाउको देखाउँदै नक्कली बिल तयार गरिएकोप्रति यतिबेला विद्यालय प्रशासनसँग गुनासो गर्दै आएका छन् ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष कार्कीले यसबारेमा काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसमक्ष आफूहरु पनि गएको र त्यहाँ शिक्षा विभागका जिम्मेवार पदाधिकारी समेत उपस्थित भएको बताउँदै थपे, “तर प्रमुख प्रशासकीय अधिकृत र शिक्षा विभागबाट हालै शिक्षा मन्त्रालयमा सरुवा भएका उपसचिवले यस्ता सानातिना कुरा नल्याउनू, मिलाएर ल्याउनू भनेपछि हामी छक्क प¥यौँ ।”

कोभिड–१९ का बखत सो विद्यालयले खेलकुद तथा अतिरिक्त क्रियाकलाप, विभिन्न कार्यक्रम तथा शिक्षक विदाइ, परिवहन, छपाइ तथा मसलन्दर कार्यालय सामग्री लगायत शीर्षकमा राम्रै रकम खर्च गरेको पाइएको छ ।

यस सम्बन्धमा विद्यालयका प्रधानाध्यापक डिल्ली शर्मा ढकाललाई पटक पटक सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेन ।

A Levels MA