After SEE Portal

शैक्षिक सत्र सुरु पाठ्यपुस्तक छैन, दुई दिन बिदा अमान्य (साप्ताहिक शैक्षिक गतिविधि वैशाख ३१ जेठ ६)

Bridge Course

 

नयाँ शैक्षिक सत्र सुरु भएको छ । यो वर्ष पनि पाठ्यपुस्तक छपाइ र वितरण हुन नसक्दा विद्यार्थीको पढाइमा समस्या उत्पन्न हुने निश्चित देखिएको छ। विद्यालय तहका करिब ३५ लाख पाठ्यपुस्तक छाप्न बाँकी छ। पुस्तक छाप्नै कम्तीमा जेठभर लाग्ने छ। अहिलेसम्म  एक  करोड  ५०  लाखको  हाराहारीमा  मात्रै  पाठ्यपुस्तक  छपाइ  भएको  जनक शिक्षा सामग्री केन्द्रले जानकारी दियो  ।

कक्षा ४, ७ र ९ मा यो शैक्षिक सत्रदेखि नयाँ पाठ्यपुस्तक लागू भएका छन् । तर दुर्गमका सबै विद्यालयमा गत वर्ष पठनपाठन भएकै पुरानै पाठ्यपुस्तक प्रयोग गर्नु पर्ने बाधयता रहेको छ । अहिलेसम्म पनि छपाइ कार्य पूरा नहुँदा विद्यार्थी र शिक्षकहरूमा अध्ययन अध्यापन कसरी गर्ने भन्ने अन्योल छाएको छ। अझै ३ महिना विद्यार्थीले पाठ्यपुस्तक पाउने सम्भावना नरहेको पालिकाका शिक्षा शाखा प्रमुखहरू बताउँछन् । दुई दिन बिदा अमान्य

सरकारले पोट्रलियम पदार्थमा भएको मुल्य वृद्धिको कारण देखाउँदै शैक्षिक क्षेत्रमा दुई दिन साप्ताहिक बिदा दिने गरेको निर्णय दिन प्रतिदिन अन्योलमा पर्दै गएको छ ।

सरकारको दुई दिन विदा दिने निर्णयले शैक्षिक क्षेत्रमा क्षति पुर्याउने भन्दै विभिन्न स्थानीय तहले तत्काललाई पूर्ववत अवस्थामा विद्यालय सञ्चालन गर्न निर्देशन दिन थालेका छन् ।

परीक्षणका लागि भन्दै जेठ १ गतेदेखि दुई दिन शिक्षण संस्था बन्द गर्न गृह मन्त्रालयले सूचना जारी गरेपनि राष्ट्रिय निजी तथा आवसीय विद्यालय एसोसिएसन नेपाल (राष्ट्रिय प्याब्सन),भक्तपुर नगरपालिका,बूढानीलकण्ठ नगरपालिका,वीरेन्द्रनगर नगरपालिका, हिलिहाङ गाउँपालिकाले सूचना जारी गर्दै विद्यालयहरूमा दुई दिन बिदा नदिने निर्णय गरेका छन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र ९शैक्षिक योजना तथा विकास महाशाखा शिक्षक व्यवस्थापन समन्वय शाखा० ले म्याद सकिएका र प्रक्रिया नपुगि गठन भएका विद्यालय व्यवस्थापन समितिलाई शिक्षा नियमावलील व्यवस्थापन गरेको नियम अनुसार गठन गर्न सबै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सनले) आफ्नो शैक्षिक क्यालेण्डरमा संसोधन गरी लागू गर्न मातहतका समितिहरुलाई निर्देशन दिएको छ ।

त्रिभुवन विश्वविद्यालयले नेपाल सरकारले परीक्षणको रूपमा आजदेखि लागू हुने गरी हप्तामा दुई दिन (प्रत्येक शनिबार र आइतबार) सावर्जनिक बिदा दिने गरी निर्णय गरेको भए पनि तत्काललाई साबिक बमोजिमनै शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने भएको छ ।

२०७८ साउनमा सञ्चालन गरेको तीन वर्षे स्नातक तहको दोस्रो वर्षको परीक्षाको नतिजा अहिले सम्म सार्वजनिक गर्न सकेको छैन । त्रिविले परीक्षा लिएको एक वर्षसम्म पनि केहि संकायको नतिजा सार्वजनिक गर्न सकेको छैन ।

 विदेश अध्ययन गर्न जानेले पछिल्लो ९ महिनामा ४३ अर्ब ६७ करोड रुपियाँ बाहिर लगे

विदेशिकमा अध्ययनमा जाने नेपाली विद्यार्थीले चालु आर्थिक वर्षको ९ महिना (साउनदेखि चैतसम्म) ४३ अर्ब ६७ करोड रुपियाँ बाहिर लगेर गएका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०६.३ प्रतिशत बढी नेपाली मुद्रा विदेशिएको हो । गत आर्थिक वर्षको ९ महिनामा उक्त रकम करिब १४ प्रतिशत घटेको देखिएको थियो ।

राष्ट्र बैंकको तथ्यांकअनुसार विदेशमा अध्ययन खर्च गत साउनमा १४५.४, भदौमा १५४.२ र असोजमा १०१.६ प्रतिशत बढेको थियो । त्यसपछि पनि बाहिरिने रकम बढिरहेको छ । निषेधाज्ञा हटेसंगै उच्च शिक्षाका लागि नेपाली विदेशिने क्रम् बढेको हो ।

पछिल्ला महिनामा चीन, अमेरिका, अस्ट्रेलिया, जापान, भारत लगायत अन्य देशमा पढ्न जाने विद्यार्थी संख्या बढेको छ ।

शिक्षक तथा कर्मचारीका लागि नयाँ पोशाक

शिक्षक तथा कर्मचारीका लागि नयाँ पोशाक निर्धारण गरिएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नेपाल शिक्षक महासङ्घको अनुरोधमा यसअघि प्रचलनमा रहेको पोशाक परिवर्तन गरेको छ ।

परिवर्तित नयाँ ड्रेस कोडअनुसार गाढा खैरो रङ्को सुट (कोट र पाइन्ट), हल्का नीलो रङको कमिज, गाढा खैरो रङको ज्याकेट, कलेजी रङको स्वीटर, कालो रङको जुत्ता प्रयोग गर्नुपर्ने छ । यी पोशाक महिला र पुरुष दुवैका लागि हुनेछ ।

 

A Levels MA
Thuprai - Books and E-books