After SEE Portal

शिक्षकको नयाँ पोशाक

Bridge Course

शिक्षक तथा कर्मचारीका लागि नयाँ पोशाक निर्धारण गरिएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नेपाल शिक्षक महासङ्घको अनुरोधमा यसअघि प्रचलनमा रहेको पोशाक परिवर्तन गरेको छ ।

परिवर्तित नयाँ ड्रेस कोडअनुसार गाढा खैरो रङ्को सुट (कोट र पाइन्ट), हल्का नीलो रङको कमिज, गाढा खैरो रङको ज्याकेट, कलेजी रङको स्वीटर, कालो रङको जुत्ता प्रयोग गर्नुपर्ने छ । यी पोशाक महिला र पुरुष दुवैका लागि हुनेछ ।

त्यस्तै महिला शिक्षक तथा कर्मचारीले विगतमा लगाउँदै आएको सारी, ब्लाउज र कुर्ता सुरुवालमा कुनै परिवर्तन नगरिएको केन्द्रले जनाएको छ ।

केन्द्रले नयाँ पोशाकका बारेमा आजै देशभरिका सबै शिक्षा निकायमा परिपत्र जारी गरेको छ ।

 

A Levels MA
Thuprai - Books and E-books