After SEE Portal

निमाविको नतिजा माविको भन्दा भयावह आउने संभावना

Bridge Course

खुलामा एक हजार ५५२ पदका लागि विज्ञापन गरिएकोमा एक हजार १८२ जनालाई मात्र आयोगले नियुक्तिका लागि सिफारिस गर्न सक्यो भने निमाविको आज प्रकाशित गणित विज्ञानको नतिजामा ३६५ पदका लागि विज्ञापन गरिए पनि ५७ जना उम्मेद्वार मात्र अन्तर्वार्तामा पुग्न सफल भएका छन् ।

लामो समयको पर्खाइपछि शिक्षाशास्त्र संकाय पढेका विद्यार्थीले आफ्नो रोजाइको पेसामा स्थायी प्रवेशका लागि आयोगको परीक्षामा सहभागी हुन पाउँदै आएका छन् । शिक्षक सेवा आयोगको नियमावलीले हरेक वर्ष शिक्षक छनोटका लागि विज्ञापन गर्ने भनेपनि यसलाई मूर्त रुप दिन सकेको छैन । अघिल्लो पटक आयोगको परीक्षामा सहभागीका भएका परीक्षा विभिन्न कारणले पुनः पाँच वर्षपछि गत वर्ष शिक्षक सेवा आयोगले सञ्चालन गरेको शिक्षक छनोटको परीक्षामा सहभागी हुन पाए । आयोगले माध्यमिक तहका शिक्षक छनोट गरेर समबन्धित निकायमा नियुक्तिका लागि सिफारिस गरिसकेको छ ।

शिक्षकहरू आफ्नो रोजाइको जिल्ला र विद्यालय हाजिर हुन जाने क्रम जारी छ । चुनावका कारण सिफारिस भएको केही ढिला मात्र सम्बन्धित विद्यालयमा पुगे पनि माध्यमिक तहमा पनि माग गरे अनुसार आयोगले शिक्षक भेट्टाएन । माध्यमिक तह खुलामा एक हजार ५५२ पदका लागि विज्ञापन गरिएकोमा एक हजार १८२ जनालाई मात्र आयोगले नियुक्तिका लागि सिफारिस गर्न सक्यो । आयोगले गत वर्ष खालि भएका दरबन्दीमा ३७० जना शिक्षक पाउन सकेन ।

माध्यमिक तहमा शिक्षक कम पाइए भनेर आयोगका पदाधिकारीले बालुटार सम्म गुहारेको समाचार यसअघि नै सार्वजनिक भइसकेको छ । माविको भन्दा टीठ लाग्दो नतिजा निम्नमाध्यमिक तहको नतिजामा देखिएको छ ।

आयोगले माध्यमिक तहको शिक्षक छनोटपछि निम्न माध्यमिक तहको विषयगत लिखित परीक्षाको नतिजा सार्वजनिक गर्ने क्रम आजबाट सुरु गरेको छ । आयोगको आजको निर्णय अनुसार सातै प्रदेशको गणित विज्ञान विषयको नतिजा सार्वजनिक गरेको छ ।

प्रदेश

मागसंख्या

उत्तीर्ण

नपुग

१६१ २४  १३७
मधेश २० २०
बागमती ३८ ३६
गण्डकी ४३ ३८
लुम्बिनी ३३ २८
कर्णाली २३ १६
सुदूरपश्चिम ४७ १४ ३३

 जम्मा

३६५

५७

३०८

यो नतिजाले सिधै विश्वविद्यालयको गुणस्तरमा प्रश्न चिन्ह खडा गरिदिएको छ । अथवा कक्षा १० पछि नै आफूलाई व्यावसायिक शिक्षक बनाउँछु भनेर पेसागत दक्षता हासिल गरेको प्रमाणपत्रधारीहरूलाई, उत्पादककर्ता विश्वविद्यालयलाई आफ्नो डिग्री कतिको जायज छ भनेर सोच्न बाध्य बनाएको छ ।

आज सार्वजनिक भएको गणित विज्ञान विषयको नतिजालाई विश्लेषण गर्दा प्रदेश नम्बर १ मा जम्मा माग संख्या खुला र समावेशी कोटा गरेर १६१ का लागि विज्ञापन गर्यो । सामान्य परीक्षाबाट विषयगत लिखित परीक्षामा १३१ जना मात्र सहभागी हुने गरी पास भए । सो परीक्षाबाट अन्तर्वाताका लागि जम्मा २४ जना मात्र सहभागी हुन पाउने भए । यानेकी १३१ जना मध्ये २४ जना मात्र विषयगत परीक्षामा पास हुन सके ।

त्यस्तै, मधेश प्रदेशबाट आयोगले २० रिक्त दरबन्दीका लागि आवेदन माग गर्यो । मधेश प्रदेशबाट जम्मा ८ जना मात्र सामान्य परीक्षामा सफल भएर विषगत परीक्षामा प्रवेश पाए । तर विडम्बना मधेश प्रदेशले यो विषयमा एकै जना शिक्षक पनि अन्तर्वार्ता सम्म पुग्ने पाएन । यानेकी लिखित परीक्षामा कोही पास हुन सकेनन् ।

त्यस्तै, बागमती प्रदेशबाट ३८ रिक्त दरबन्दीका लागि आयोगले विज्ञापन गर्यो । उक्त परीक्षामा हरिप्रसाद ढकाल र माधब रुपाखेती मात्र उत्तीर्ण भए ।

त्यसैगरी गण्डकीका लागि ४३ दरबन्दीका लागि विज्ञापन गरियो । उक्त विज्ञापन अनुसार सामान्य परीक्षाबाट विषयगत परीक्षामा ४५ जना परीक्षार्थी सहभागी भए । तर पाँच जना मात्र अन्तरवार्तासम्म पुग्न सफल भए ।

भने, लुम्बिनी प्रदेशबाट ३३ रिक्त दरबन्दीका लागि आवेदन माग गर्यो सामान्य परीक्षाबाट ४९ जना विषयगत लिखित परीक्षामा सहभागी भए भने उक्त परीक्षामा ५ जना मात्र पास भए ।

त्यसैगरी, कर्णालीबाट २३ रिक्त दरबन्दीका लागि आयोगले विज्ञापन गर्यो । सामान्य परीक्षाबाट विषयगत लिखित परीक्षाका लागि १७ जना छनोट भए भने अन्तर्वार्तामा ७ जना मात्र पुग्न सफल भए ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशलाई ४७ जना शिक्षक चाहियो । विज्ञापन गर्यो । आयोगको नियमअनुसार सामान्य परीक्षाबाट ७८ जना विषयगत लिखित परीक्षा सम्म पुगे । तर अन्तर्वार्तामा भने १४ जना मात्र पुग्न सफल भएका छन् ।

यो नतिजालाई हेर्दा, सरकार तथा अभिभावकले विश्वविद्यालयका लागि गरेको लगानी त्यसै खेर गएको छ भन्दा फरक पर्दैन । आयोगको प्रारम्भिक आंकलनका अनुसार सबै विषयमा माग अनुसारका उम्मेद्वार अन्तर्वार्ता सम्म पुग्न नसक्ने संभावना बढेर गएको छ ।

माध्यमिक तहका लागि शिक्षक छनोट भएर गइसकेको हुँदा माविमा सिफरिसमा परेका व्यक्तिलाई सिफारिस गर्न नमिल्ने हुँदा नतिजा यस्तो आएको आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठा बताउँछन् । ‘आयोगले गणित विज्ञान विषयका लागि दरबन्दी सिर्जना भएको हुनाले विज्ञापन गर्यो तर नतिजा डर लाग्दो आयो ।’ उनले भने, ‘३६५ पद माग भएको ठाउँमा ५७ जना मात्र उम्मेदवार अन्तर्वार्तामा पुग्न सफल भए ।’

आयोगले माविको शिक्षक सिफरिस हुँदै नतिजा सन्तोषजनक नआएपछि विभिन्न विश्वविद्यालयका डिन तथा सम्बन्धित निकायमा पत्राचार गरिसकेको जानकारी दिएको छ ।

आयोगका अनुसार आयोगको परीक्षा प्रणाली होइन विश्वविद्यालयको गुणस्तर वितरण गरिएको प्रमाणपत्रको विषयमा नै छनोट हुन्ुपर्छ । ‘आयोगले निमाविका लागि कक्षा ११ र १२ का पाठ्यक्रमबाट प्रश्न सोद्दा एक जना पनि पास हुन नसक्नु आयोगको गल्ती होइन ।’ आयोगका एक पदाधिकारीले भने, ‘सरकार परिवर्तन हुने बित्तिकै आफ्नो भरौटलाई विश्वविद्यालयको पदाधिकारी चुन्न, विश्वविद्यालयलाई प्राज्ञिक भन्दा राजनीतिक अखडा बनाउनुको परिणाम हो यो नतिजा, अब कित विश्वविद्यालयको गुणस्तर सुधारमा जोड दिनु पर्यो कित प्रणालीका बारेमा सोच्नु पर्यो ?’

A Levels MA
Thuprai - Books and E-books