टाइम्स हायर एजुकेसन (टीएचई) ले गरेको र्याङ्किङमा त्रिभुवन विश्वविद्यालय अहिले पनि विश्वका ८०१ देखि १००० औं विश्वविदालयभित्र पर्न सफल भएको छ । त्रिवि लगातार पाँच वर्षदेखि ८००–१००० औं स्थानमा पर्न सफल हुँदै आएको छ । त्रिवि २०१९ मा ८०१–१०००र सन् २०२० मा १००० भन्दा माथिको स्थानमा झरेको थियो । गत वर्ष विश्वविद्यालय ८०१ देखि १००० को बीचमा पर्न सफल भएको थियो । यो वर्ष फेरि एकपटक ८००–१००० को हाराहारीमा पुगेको टीएचईले सार्वजनिक गरेको प्रतिवेदनमाउल्लेख गरिएको छ।
वर्ल्ड युनिभर्सिटी र्याङ्किङ २०२३ सार्वजनिक भएसंगै त्रिविको स्थान सार्वजनिक भएको हो । यो र्याकिङमा १०४ देशका १७९९ विश्वविद्यालय सहभागिी गराइएको थियो । यो वर्ष गरेको र्याङ्किङमा विश्वविद्यालयले प्रकाशन गरेका १५.५ मिलियन भन्दा बढी अनुसन्धान प्रकाशनहरूबाट १२१ मिलियन भन्दा बढी अनुसन्धानको विश्लेषण गरेको थियो ।
जसमा विश्वभरका ४० हजार विशेषज्ञहरूको सर्वेक्षण प्रतिवेदनहरू समावेश गरिएको थियो । विश्वभरिका २ हजार ५०० भन्दा बढी विश्वविद्यालयले ६ लाख ८० हजार भन्दा बढी आफ्नो प्रतिवेदन बुझाएका थिए ।
उक्त र्याकिङमा बेलायतको अक्सफोर्ड युनिभर्सिटी लगातार सातौं वर्ष शीर्ष स्थानमा पर्न सफल भएको छ । हार्वर्ड युनिभर्सिटी दोस्रो, क्याम्ब्रिज युनिभर्सिटी र स्ट्यानफोर्ड युनिभर्सिटी तेस्रो स्थानमा रहेका छन् ।
इन्डियन इन्स्टिच्युट अफ साइन्स (आईआईएससी), बेंगलोर, गत वर्ष ३०१–३५० स्थानमा परेको थियो सो इन्स्टिच्युट आफ्नो स्थानसुधार गर्दै २५१–९२०० को स्थानमा उक्लन सफल भएको छ ।
अनुसन्धानमा अमेरिकी विश्वविद्यालयको प्रभुत्व घट्दै गएको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ । १७९ विश्वविद्यालयहरूको साथ, संयुक्त राज्य अमेरिका अग्र स्थानमा रहेको छ । अमेरिकाका विश्वविद्यालय ५७–२०० को साथ शीर्ष स्थानमा पर्न सफल भएका छन् । गत वर्षको अमेरिकाका १८३ विश्वविद्यालयहरू रहेका थिए, ।
त्यसैगरी युनिभर्सिटी अफ मिनेसोटा, युनिभर्सिटी अफ मेरिल्याण्ड, कलेज पार्क, मिचिगन स्टेट युनिभर्सिटी, ओहायो स्टेट युनिभर्सिटी र डार्टमाउथ कलेज शीर्ष १०० बाट बाहिरिएपछि अमेरिकामा शीर्ष १०० मा ३४ विश्वविद्यालय रहेका छन् । गत वर्ष छ वटा र पाँच वर्षअघि तीनवटा विश्वविद्यालय शीर्ष १०० मा पर्न सफल भएको चीनले आफ्नो प्रतिनिधित्व बढाएको छ ।
सूचकहरू निर्धारण गरिगरिएको र्याकिङमा चीनले अनुसन्धानको गुणस्तर सुधार गरेको देखाएको छ र चीनको औसत स्कोर गत वर्ष उल्लेखनीय रूपमा बढेको छ । ५५.६ बाट बृद्धिभई ५८.० मा वृद्धि भएको छ, भने अमेरिकाको स्कोर ७०.० बाट ६९.४ मा झरेको छ ।