After SEE Portal

शिक्षकले ७५३ पालिकामा धर्ना सहित ज्ञापन पत्र बुझाए

Bridge Course

देशभरका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले आज ७५३ पालिकामा धर्ना सहित ज्ञापन पत्र बुझाएका छन् । विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रति असहमति जनाउँदै नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आव्हानमा आज  बिहान ११ः०० बजे देखि २ः०० बजे सम्म धर्ना दिदै पालिकामा ज्ञापन बुझाएका हुन ।

आन्दोलनको चरणबद्ध कार्यक्रम अनुरुप पहिलो चरणको पहिलो दिनको कार्यक्रम अन्तर्गत आज पालिकामा धर्ना तथा ज्ञापन पत्र बुझाइएको महासंघले जनाएको छ । आन्दोलन अन्तरगत महासंघले देशभरमा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत सामु ३० बुँदे र ५१ बुँदे सहमती पत्र पेस गरेका थिए ।

प्रधानाध्यापक तथा शिक्षक माथी स्थानीय तहले संविधानको अनुसूची ८ मा व्यवस्थित अधिकारको दुरुपयोग गरी निर्वाचित पदाधिकारीले कठपुतली बनाउन खोजेको, विद्यालय व्यवस्थापन समिति बनाएकोले विद्यालय तहको शिक्षालाई संविधानको अनुसुची ९ मा ल्याउनुपर्ने लगायतका माग राखेका छन् ।

A Levels MA