CMAT

शिक्षक सेवा आयोगले प्राविधिक विद्यालयका लागि पनि शिक्षक छनौट गर्ने

Bachelors Portal

शिक्षक सेवा आयोगले अव विद्यालय तहका प्राविधिकधार तथा कक्षा १२ सम्मका लागि शिक्षक छनौट गर्ने भएको छ । हरेक पालिकबाट रिक्त दरबन्दी माग गरी आयोगबाट शिक्षक छनौट गर्ने भएको छ । 

माध्यमिक तहको शिक्षकका लागि स्नातकोत्तर तह उत्रीर्ण, आधारभूत तहका लागि स्नातक र बालविकास शिक्षकका लागि माध्यमिक शिक्षा परीक्षा उत्रीर्ण गरेका उम्मेद्वारलाई मात्र परीक्षामा सहभागी गराउने शिक्षा तथा मानवस्रोत विकास केन्द्रका निर्देशक बाबुराम पौडेलले बताए । 

देशैभरी आयोगबाट छनौट भएका स्थायी शिक्षक मात्र रहने हुँदा अब स्थायी परीक्षर्थाीले लोक सेवा आयोगकोपरीक्षा जस्तै दुई चरणमा परीक्षा सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको छ । सबै विषयका परीक्षार्थीले सय पूर्णाङ्कको बस्तुगत परीक्षा उत्रीर्णगरेपछि मात्र दोस्रो चरणको परीक्षामा सहभागि हुन पाउने शिक्षक सेवा आयोग नियमावली २०५७ (१० औं संशोधन) ले व्यवस्था गरेको छ ।

संशोधित नियमावलीअनुसार प्रारम्भिक परीक्षामा एकै तहका परीक्षर्थाीलाई एउटै प्रश्न सोधिने भएको छ । दोस्रो चरणको विषयगत प्रश्नपत्र मात्र विषयअनुसारको सोधिने भएको छ । यस्तै प्रारम्भिक र विषयगतमा उत्रीर्ण परीक्षार्थीले तेस्रो चरणको छनौट परीक्षा वा २५ पूर्णाङ्कको अन्तर्वार्तामा सहभागी गराइने भएको छ ।

नियमावलीको संशोधन अनुसार २५ पूर्णाङ्कको प्रयोगात्मक परीक्षा पनि लिनसक्ने भएको छ । विषयको प्रकृति र आवश्यकताअनुसार आयोगले प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने भएको छ । नियमावलीको संशोधनले परीक्षार्थीको उत्रीर्णाङ्क पनि परिवर्तन गरेको छ । प्रारम्भिकको ५०, विषयगतको ४० र अन्तर्वार्ता र प्रयोगात्मक परीक्षाका उत्रीर्णाङ्क १०-१० बनाएको छ ।आयोगले यस अघि ४० नम्बरको बस्तुगत र ६० नम्बरको विषयगत परीक्षा सञ्चालन गर्दै आएको थियो । परीक्षर्थीको उत्रीर्णाङ्क पनि ४० मात्र थियो ।

तर आयोगले भने साबिककै अवस्थामा तीनै तहमा खुला विज्ञापन गर्ने तयारी गरिरहेको छ । कक्षा ११ र १२ लाई माध्यमिक तह बनाइ सकेपछि नियमावलीमा केही संशोधन गर्नुपर्ने भएकाले अहिलेलाई तीन तहका लागि नै विज्ञापन गर्ने तयारी गरिरहेको आयोगले जानकारी दियो । 

आयोगले फागुन अन्तिमसम्म लाइसेन्स परीक्षाको सबै तहको नतिजा सार्वजनिक गरी सक्ने  र तत्काल खुला विज्ञापन गर्ने तयारी गरिरहेको छ ।खुला विज्ञापनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले दरबन्दी पठाउने बितिकै आयोग विज्ञापनको प्रक्रियमा जाने आयोगका सूचना अधिकारी दामोदर आचार्यले जानकारी दिए ।

Thuprai - Books and E-books
I Tech store