After SEE Portal

शिक्षकले सांसदकाे टिकट पाएनन्

Bridge Course

आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कार्यरत शिक्षकले उम्मेदवारीको अवसर पाएनन् । त्यसैले कार्यरत शिक्षक कसैले पनि शिक्षक पदबाट राजीनामा गरेका छैनन् ।

गत स्थानीय तह निर्वाचनमा वडा सदस्यदेखि नगर प्रमुखसम्मको पदमा शिक्षकले उम्मेदवारी दिएका थिए । स्थानीय तहमा राजनीतिक दलले शिक्षकलाई पत्याए पनि प्रतिनिधिसभा र प्रदेशसभामा नेताहरुले शिक्षकलाई उम्मेदवारीको अवसर दिएनन् ।

राष्ट्रिय किताबखाना (शिक्षक)का महानिर्देशक रामराज खकुरेलले भने, “आगामी मङ्सिरको निर्वाचनका लागि भनेर कुनै पनि शिक्षकले राजीनामा दिएका छैनन् ।”

गत स्थानीय निर्वाचनका लागि झण्डै एक हजार शिक्षकले पदबाट राजीनामा दिएका थिए । प्रतिनिधिसभा र प्रदेशसभामा पूर्वशिक्षक तथा शिक्षाकर्मीले उम्मेदवारीको अवसर भने पाएका छन् ।

यसैबीच आगामी निर्वाचनमा निर्वाचन अधिकृतका रूपमा शिक्षकलाई खटाउने भएको छ । यसका साथै विद्यालयमा मतदान केन्द्र कायम गर्ने विगतको परिपाटीले यस पटक पनि निरन्तरता पाउने भएको छ ।

A Levels MA
Thuprai - Books and E-books