After SEE Portal

विद्यार्थीद्वारा आमरण अनसन सुरु, नेविसं अध्यक्षको स्वास्थ्य अवस्था चिन्ताजनक

Bridge Course

समाजवादी मोर्चा निकट विद्यार्थी सङ्गठनहरूले आमरण अनसन सुरु गरेका छन् । इन्जिनियरिङ अध्ययन संस्थान डिन कार्यालयले भ्रमपूर्ण तरिकाले प्रवेश परीक्षा स्थगित गरेको र  शुल्क वृद्धि खारेज नगरेको भन्दै विद्यार्थीहरूले आमरण अनसन सुरु गरेका हुन् ।

समाजवादी विद्यार्थी युनियन , दुइओटै अखिल (क्रान्तिकारी), अनेरास्ववियू, लगायतका विद्यार्थी संगठनहरूले आमरण अनसन थालेको अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष पञ्च सिंहले बताइन् ।  संस्थानले शुल्कवृद्धिको निर्णय फिर्ता नलिएसम्म आमरण अनसन जारी रहने उनको भनाई छ ।

वृद्धि गरेको शुल्क खारेजीको माग राख्दै समाजवादी मोर्चा निकट विद्यार्थी संगठनहरूले विभिन्न चरणमा आन्दोलनका कार्यक्रम गर्दै आएका छन् । सोही अनुसार आजदेखि आमरण अनसन थालिएको उनको भनाई छ ।

विद्यँर्थीहरूले हिजो संयुक्त विज्ञप्ति जारी गर्दै आजदेखि आमरण अनसन सुरु गर्ने निर्णय  निर्णय सार्वजनिक गरेका थिए ।  ती विद्यार्थी संगठनले भदौ ७ गते पत्रकार सम्मेलन गर्दै वृद्धि गरेको शुल्क खारेज गर्न २४ घन्टे अल्टिमेटम दिएको थिए ।

नेविसंघ पुल्चोक क्याम्पसका इकाई सभापति सुलभ चापागाईं भदौ ४ गतेदेखि आमरण अनसनमा बस्दै आएका छन् । उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको  उनका निट  विद्यार्थीहरु बताउँछन् ।

 

A Levels MA
Thuprai - Books and E-books