After SEE Portal

आईओईद्वारा प्रवेश परीक्षा स्थगित, समाजवादी विद्यार्थीद्वारा विरोध

Bridge Course

त्रिभुवन विश्वविद्यालय  इन्जिनियरिङ अध्ययन संस्थान  (आईओई) डीनको कार्यालयले  भदौ १९ पछिका सम्पूर्ण पूर्वप्रकाशित तालिकाहरु अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि स्थगन गरेको छ ।

आईओइले गरेको शुल्न समायोजनाक विषयलाई लिएर सरोकारवाला पक्षहरु (प्राध्यापक, कर्मचारी तथा विद्यार्थी) तथा आन्दोलनरत संघरसंगठनहरुलाई छलफल तथा वार्तामा सम्मिलित भई उचित निकाससहित शैक्षिक वातावरण कायम गर्न  अपिल समेत गरेको छ ।

संस्थालाई आर्थिक रुपमा धरासयी हुनबाट जोगाउनु हामी सबैको साझा कर्तव्य र दायित्व हो । तसर्थ संस्थाको आर्थिक स्थायित्वप्रति जिम्मेवार हुँदै ई। अ।सं। बाट गठित ूबि।ई।रबि।आर्क भर्ना शुल्क पुनरावलोकन समिति ( २०८०” को सिफारिसको आधारमा बि।ई।रबि।आर्क भर्ना शुल्कवृद्धि गरिएको डिन कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

सरकारले दिँदै आएको विकास बजेटमा निरन्तर कटौती, बढ्दो विद्यार्थी संख्या अनुपातमा अपुग शिक्षक कर्मचारीको स्थायी दरवन्दी संख्या, शिक्षक कर्मचारीको तलबवृद्धि, बजारमा देखिएको मूल्यवृद्धि र मुद्रास्फीति लगायतका कारणले गर्दा शुल्क वृद्धि गरेको जनाएको छ ।

 ईअसंका आंगिक क्याम्पसहरुले चालु खर्चसमेत धान्न नसकिरहेको, नियमित आर्थिक स्रोत सुनिश्चित गर्न यस बिचमा ई। अ।सं। तर्फबाट सम्बन्धित निकायहरुसंग विभिन्न पहल र बारम्बार अनुरोध  भएका विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

‘संस्थालाई आर्थिक रुपमा धरासयी हुनबाट जोगाउनु हामी सबैको साझा कर्तव्य र दायित्व हो । तसर्थ संस्थाको आर्थिक स्थायित्वप्रति जिम्मेवार हुँदै ई। अ।सं। बाट गठित ूबि।ई।रबि।आर्क भर्ना शुल्क पुनरावलोकन समिति ( २०८०” को सिफारिसको आधारमा बि।ई।रबि।आर्क भर्ना शुल्कवृद्धि गरिएको व्यहोरा सबैमा जानकारी गराउछौ ।’ विज्ञप्तिमा भनिएको छ, ‘कोभिड ( १९ को महामारीले गर्दा छ महिना पछाडी धकेलिएको ई।अ।सं।को शैक्षिक क्यालेन्डर व्यवस्थित गर्न आगामी मङ्सिर महिनाबाट नयाँ विद्यार्थीलाई अध्यापन सुरु गर्ने लक्ष्यसहित यसै वर्षदेखि अनिवार्य इन्टर्नशीपको व्यवस्था भएको नयाँ पाठ्यक्रमस विद्यार्थीहरुलाई दिईदै आएको छात्रवृतिसहितको सुविधामा अभिवृद्धिस तर्जुमा गरिएको पन्चवर्षे योजनाबमोजिम भौतिक संरचना तथा प्रयोगशालाहरुको निर्माण तथा स्तरोन्नति, अध्ययन(अध्यापनमा नवीनतम प्रविधिको अवलम्वनस विद्यार्थीहरुलाई अनुसन्धानात्मक कार्यमा आर्थिक सहयोग गर्नेजस्ता महत्वपूर्ण योजनाहरु तर्जुमा गरिएको छ ।’

यसै विच विभिन्न विदँर्थी संगनले उक्त कदमको विरोध गरेका छन् ।आईओइ ले वृद्धि गरेको शुल्क खारेज गर्नुपर्ने हाम्रो पहिलो सर्तलाई स्थगित तथा बि।ईरबि। आर्क। प्रवेश परीक्षा निरन्तरता दिनुपर्नेमा स्थगित गरेको डीनद्वारा जारी भ्रमपुर्ण र षड्यन्त्रपुर्ण अपिलले समाजवादी मोर्चा निकट विद्यार्थी संगठनलाई थप आक्रोसित बनाएको  विज्ञप्ति मार्फत जानकारी गराएक छन् ।

साथै वृद्धि गरेको शुल्क खारेज र बि।ईरबि।आर्क। प्रवेश परीक्षा सुचारु गर्ने कुराको ग्यारेन्टी नगरुन्जेल समाजवादी मोर्चा निकट विद्यार्थी संगठनहरुको तर्फबाट २०८० भाद्र १० गते विहान ८ बजेदेखि आमरण अनसन शुरु गर्ने तथा अन्य आन्दोलनका कार्यक्रम जारी रहेको संयुक्त विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

 

A Levels MA
Thuprai - Books and E-books