After SEE Portal

महानगरले छात्रवृत्तिको सिफारिस गरेर पठाएका विद्यार्थीसंग विद्यालयले शुल्क माग्यो

Bridge Course

काठमाडौं महानगरपालिका भित्र सञ्चालित विद्यालयले महानगरबाट छात्रवृत्तिका लागि छनोट भएर गएका विद्यँर्थीसंग शुल्क मागेको पाइएको छ ।

महानगरमा विभिन्न माध्यमबाट १० ओटा विद्यालयले शुल्क लिएको उजुरी परेपछि महानगरले अनुगमन  तथा छानबिन थालेको छ ।

अनुगमनका क्रममा  पुस्तकालय, प्रयोगशाला, अतिरिक्त कक्षा, अतिरिक्त क्रियाकलाप, दर्ता जस्ता शीर्षकमा विद्यालयले शुल्क मागेको पाइएको छ ।

शिक्षा विभागबाट शिक्षा अधिकृत नेत्रनारायण पौडेल, प्रमुखको सचिवालयबाट सुस्मित पोखरेल र सहरी योजना आयोगका सदस्य शैलेन्द्र झा रहेको टोलीले मंगलबारबाट छानबिन र अनुगमन थालेको महानगरले थालेको हो ।

सोमबार, मंगलबार र बुधबार ३ दिनमा टोलीले गोल्डेन गेट, ग्लोबल, सिफल सेकेण्डरी स्कूल (डियरवक), काठमाडौँ मोडेल कलेज, एभरेष्ट फ्लोरिडा, सीसीआरसी गरी ६ वटा विद्यालयको अनुगमन गरेको शिक्षा विभागले जानकारी दियो ।

अनुगमन गरेका केही विदँलयले शुल्क लिएको पाइएको महानपालिकाले जानकारी दियो । महानगरका अनुसार केही विदँलयले मासिक ९ हजार ५ सय रुपियाँसम्म माग गरेको अनुगमन टोलीका सदस्य पोखरेलले बताइन् ।

अनुगमनपछि विद्यालयले छात्रवृत्ति कोटामा भर्ना भएका विद्यार्थीहरुसँग कुनै पनि शीर्षकमा शुल्क नउठाउने प्रतिवद्धता व्यक्त गरेको महानगरले जानकारी दियो ।

काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को परिच्छेद १० मा  कुल विद्यार्थी सङ्ख्याको कम्तीमा १० प्रतिशतमा नघटाई जेहेन्दार, विपन्न, असहाय तथा गरिब, अपाङ्ग, महिला, दलित, जनजाति, द्वन्द्व पीडित र सहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनुपर्ने ब्यवस्था छ । सोही व्यवस्थाअनुसार महानगरपालिकाले कक्षा ११ मा भर्ना भएर छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीका बिच परीक्षा लिएर म्याचिङ् लिष्टबाट नाम सिफारिस गरेको हो ।

महानगरपालिकाले छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई अनलाइन प्रणालीबाट आवेदन माग गरेको थियो । परीक्षामा ३ हजार ९१३ जना छात्र र २ हजार १०४ जना छात्रा गरी ६ हजार १७ जनाले आवेदन दिएका थिए ।

साउन २० गते लिइएको प्रवेश परीक्षामा आवेदकमध्ये ३ हजार ४ सय छात्र र १ हजार ७७२ जना छात्रा गरी ५ हजार १७२ जना विद्यार्थी सहभागी भएका थिए । परीक्षाको प्रारम्भिक नतिजा प्रकाशन गरेर चित्त नबुझ्ने विद्यार्थीलाई पुनर्योगका लागि २ दिन समय दिइएको थियो । त्यसपछि साउन २९ गते २ हजार ३२२ जना परीक्षार्थीको नाम छात्रवृत्तिका लागि म्याचिङ् लिष्ट, भर्नाको पहिलो सूचीमा सार्वजनिक गरेको थियो ।

A Levels MA