द रोलिङ स्टोन्स स्कुलले मनायो अभिभावक दिवस

मरु भीमसनथान स्थित द रोलिङ स्टोन्स स्कुलको तेस्रो अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालयका प्रिन्सिपल दिरेकलाल श्रेष्ठले अभिभावक दिवसको उद्घाटन गर्नुभएको थियो ।  

कार्यक्रममा  विद्यालयमा कक्षा ७ की सुजता श्रेष्ठलाई  सर्वोत्कृष्ठ विद्यार्थीबाट सम्मान गरिएको थियो । कार्यक्रमा बोल्दै  प्रिन्सिपल श्रेष्ठले यो भेगको उत्कृष्ठ विद्यालय हुन पुगेकोमा खुसी व्यक्त गर्दै अभिभावकको हितको लागि थप अतिरिक्त कार्यक्रमहरु संचालन गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।  

अभिभावकलाई हौसला दिदै उहाले भन्नुभयो–‘तपाईहरुको वालबच्चाको हेरचाह हामीले गरिरहेका छौ,उनीहरुको पढाइमा सहयोग गरेर पछि तपाईहरु जेष्ठ नागरिक हुँदा उनीहरुलेनै  तपाईहरुको टेबलमा औषधी राखेर ऋण चुक्ता गरिदिनेछन । छोराछोरीलाई मोबाइल र टिभीबाट टाढै राख्न सुझाव दिदै भन्नुभयो– यदी तपाईहरुले छोराछोरीको लागि समय दिनुभयो मोबाइल र टिभी कम हेर्नेछन ।  

विद्यालयले प्रारम्भीक वालविकासमा भर्ना भएका साना बच्चाहरुलाई प्रयोगात्मक शिक्षा दिइएको उहाले बताउनुभयो । विद्यालयले पठन पाठन  अतिरिक्त विद्यार्थीहरुको क्षमता विकास गर्न खेलकुद, मनोरञ्जन, नृत्यकला, वक्तृत्वकला, चित्रकला, हस्तकला लगायतका विषयमा बढी ध्यान केन्द्रीत गरेको छ ।

अतिरिक्त क्रियाकलाप अन्तर्गत वालकक्षाका विद्यार्थीलाई लेगो खेलौनाले सिकाउने गरिरहेको छ । विदेशीको सहयोगमा पठनपाठन गराइरहेको सो विद्यालयमा लायन्स क्लब अफ डेनमार्क, लेगो फाउन्डेशन र अमेरिकन प्रोफेसरले लगातार सहयोग गरेका छन् ।

 कार्यक्रममा अतिरिक्त त्रियाकला अन्तर्गत नृत्य, खेलकुद प्रतियोगितामा उत्कृष्ठ हुने विद्यार्थीलाई प्रिन्सिपल श्रेष्ठले ट्रफी, पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा गायन तर्फ मनिषा श्रेष्ठ, विकास गौतम र तेन्जिङ लामा क्रमशः प्रथम द्धितिय र तृतिय भएका थिए ।

त्यस्तै खेलकुद अन्तर्गत फुटबलमा अनुप भण्डारीलाई हाइ स्कोरर, पारस केसीलाई वेष्ट प्लेयर र तेन्जिङ लामालाई बेष्ट प्लेयरको उपाधी प्रदान गरिएको थियो । शिक्षकको व्याडमेन्टिन तर्फ जीवन पाण्डे र मेसक शेर्पा र शिक्षिका तर्फ ऋतु स्थापित र प्रतिमा जोशी पुरस्कृत हुनुभएको थियो । 

Thuprai - Books and E-books