After SEE Portal

प्रावि शिक्षक छनोटको नतिजा माघ भित्र आउने

Bridge Course

शिक्षक सेवा आयोगले गत असोज १३ गते लिएको प्राथमिक तह तृतीय श्रेणी शिक्षक छनोट परीक्षाको नतिजा माघ भित्र सार्वजनिक गर्ने तयारीमा आयोग जुटेको छ ।

आयोगले प्राविको विषयगत परीक्षाको उत्तरपुस्तिका धमाधम परीक्षण गरिरहेको जनाएको छ । उत्तरपुस्तिका परीक्षण सकेर, सम्परीक्षण, डाटा इन्ट्री र रुजु गरेर नतिजा सार्वजनिक गर्न समय लाग्ने आयोजले जनाएको छ ।

आयोगले गत चैत ९ गते कुल ७ हजार ८८२ पदका लागि गरेको विज्ञापन गरेको थियो । सो विज्ञापन अनुसार लिइएको सामान्य परीक्षाको नतिजा गत असार १ गते सार्वजनिक गरेको थियो । सो नतिजाबाट १६ हजार ७०२ जना विषयगत लिखित परीक्षाका लागि छनोट भएका थिए ।

सो परीक्षामा १ लाख १० हजार ७४९ जनाले आवेदन दिएको भए पनि सामान्य परीक्ष्ाँमा १ लाख ३४४ जना सहभागी भएका थिए । आयोगले लिएको सामान्य परीक्षामा सुदुर पश्चिम प्रदेशबाट विषयगत (सामान्य) परीक्षामा १० हजार १९९ सहभागी भएका मध्ये १ हजार ४३२ जना मात्र उत्तीर्ण भएका थिए । त्यस्तै कर्णाली प्रदेशबाट ९ हजार ३९२ जना परीक्षामा सहभागीका भएका मध्ये १ हजार ४७० पास भएका थिए । त्यसैगरी लुम्बिनी प्रदेशबाट १४ हजार ६६७ जना लिखित परीक्षामा सहभागी मध्ये २ हजार ६२३ जना पास भएका थिए । त्यसैगरी गण्डकी प्रदेशबाट १७ हजार ४४ जना सहभागी भएका मध्ये ३ हजार ८०० पास भएका थिए । त्यस्तै बागमती प्रदेशबाट १७ हजार २८७ जना सहभागी भएका मध्ये ३ हजार ९९ जना ,मधेश प्रदेशबाट १४ हजार २७० जना सहभागी भएका मध्ये २ हजार २०२ मात्र पास भएका थिए । त्यसैगरी कोशी प्रदेशबाट सामान्य परीक्षामा १७ हजार ४८५ जना उम्मेदवार सहभागी भएका मध्ये ३ हजार ७६ जना मात्र उत्तीर्ण भएका थिए ।

आयोगले लिने परीक्षामा सामान्य परीक्षामा उत्तीर्ण हुने परीक्षार्थीले मात्र विषयगत लिखित परीक्षामा सहभागी हुने व्यवस्था छ ।

A Levels MA