After SEE Portal

एसईईको नतिजा बार्षिक कार्यतालिकाले तोकेको समयमा नै हुने

Bridge Course

राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार भित्र भित्र सार्वजनिक गर्ने गरी तयारी गरिरहेको छ । बोर्डले बार्षिक कार्यतालिका अनुसार नै एसईई परीक्षाको नतिजा सार्वजनिक गर्नका लागि आवश्यक काम तीव्ररुपमा गरिरहेको जनाएको छ ।

अहिले ७७ ओटै जिल्लामा उत्तरपुस्तिका परीक्षा तथा समपरीक्षण धमाधम भइरहेको परीक्षा नियन्त्रक बिष्णु नारायण श्रेष्ठले जानकारी दिए । उनले प्राविधिकरुपमा कुनै समस्या नआएमा बार्षिक कार्यतालिकामा तोकिएको समयमा नै नतिजा प्रकाशन गर्ने तयारीमा बोर्ड रहेको जानकारी दिए ।

बोर्डले  उत्तरपुस्तिका  परीक्षणका  लागि  मुलुकभर ५१ वटा केन्द्र तोकेको छ । ती केन्द्रमा उत्तरपुस्तिका परीक्षण गरेपछि केन्द्रमा पठाउनुपर्ने  नियम छ । सबै केन्द्रबाट उत्तरपुस्तिका प्राप्त भएपछि कम्प्युटरमा  प्रविष्ट  गराइ नतिजा पुनः परीक्षण गरी नतिजा सार्वजनिक गर्ने बोर्डको प्रावधान छ । 

गत चैत १७ गतेदेखि २९ गतेसम्म परीक्षा सञ्चालन भएको परीक्षामा कुल १२ हजार ८३ विद्यालयबाट  ४ लाख ८५ हजार ३९६ (छात्रा २लाख ४२हजार ७१२ र छात्र २लाख ४२हजार ६७४) जनाले २ हजार ३७ परीक्षा केन्द्रबाट परीक्षा दिएका थिए ।

 कुल परीक्षार्थीहरुमध्ये प्राविधिक धार समेत सञ्चालन भएका ५०५ विद्यालयका १५ हजार ४६१ जना परीक्षार्थीहरु समेत उक्त परीक्षामा सहभागी भएका थिए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत वर्ष अक्षराङ्कनसम्बन्धी निर्देशिका संशोधन गरेर सैद्धान्तिकतर्फ  न्यूनतम  ३५  र  प्रयोगात्मकतर्फ  न्यूनतम ४० प्रतिशत ल्याउनुपर्ने व्यवस्था गरेको थियो । उक्त   निर्देशिकाले   ३५   भन्दा   कम   ल्याउनेलाई ‘नन ग्रेडेड’ भनेर कक्षा ११ मा भर्ना हुने बाटो बन्द गरेको थियो भने पुरानो निर्देशिकाले २० अङ्कभन्दा पनि थोरै ल्याउनेलाई ‘ई’ मानेर कक्षा ११ मा भर्नाको बाटो खुलाइदिएको थियो । यस पटक कसरी नतिजा सार्वजनिक हुन्छ भन्ने विषयमा बोर्डले आधिकारिक धारणा राख्न सकेको छैन ।

A Levels MA
Thuprai - Books and E-books