After SEE Portal

पाठ्यपुस्तकमा भएको पुरानो नक्सा भएको पृष्ठ परिवर्तन हुने

Bridge Course

पाठ्यपुस्तक केन्द्रीय अनुगमन समितिको आज बसेको बैठकले यस अघि नै छापेर विद्यालयमा पठाइसकेको नेपालको पुरानो नक्सा भएको पेजलाई पुनः हटाइ वर्तमान चुच्चे नक्सा राखेको पेज छापेर विद्यालयमा पठाउने निर्णय गरेको छ ।

कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको नेपालको नक्सा तहगत कक्षाका पुराना छापिसकिएका पुस्तकका पाठका (नयाँ पाठ्यपुस्तक बाहेक) पेज छापेर पाठ्यपुूस्तकमा समावेश गरी तत्काल वितरण गर्न सम्बन्धित पक्षलाई आग्रह गर्ने निर्णय गरेको हो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पाठ्यपुस्तक अनुगमन केन्द्रीय समितिको आजको बैठकले पाठ्यपुस्तकलाई अत्यावश्यक सेवामा समावेश गरी ढुवानी गराउने निर्णय समेत गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेदेखि नै नयाँ शैक्षिकसत्र सुरु गर्ने गरी समबन्धित निकायलाई यसअघि नै निर्देशन दिइसकेको छ । शैक्षिक सत्र सुरु हुन जम्मा तीन दिनमात्र बाँकी रहेको अवस्थामा पनि सरकारले निःशुल्क उपलब्ध गराउनु पर्ने पाठ्यपुस्तक अझै अधिकांश विद्यालयमा पुग्न सकेका छैनन् । कोभिड १९ को महामारीका कारण अधिकांश जिल्ला तथा स्थानीय तहमा जारी निषेधाज्ञाको अवधीमा ढुवानीमा समेत समस्या देखिएको हुँदा समितिको आजको बैठकले पाठ्यपुस्तक ढुवानी सेवालाई अत्यावश्यकीय सेवामा राख्न सरकारसंग अनुरोध गर्ने निर्णय गरेको छ ।

पुरानो बुच्चे नक्सा भएको ठाउँमा चुच्चे नक्सा छापेर पुरानो पेज हटाइ नयाँ नक्सा सहितको पेज राख्ने निर्णय भएको छ । समितिका सदस्य एवं अभिभावक महासङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले भने, अधिकांश विद्यालयमा निषेधाज्ञाका कारण पाठ्यपुस्तक ढुवानीमा समस्या देखिएको हुदाँ आजको बैठकले पाठ्यपुस्तक ढुवानी सेवालाई अत्यावश्यकीय सेवामा राख्न सरकारलाई अनुरोध गर्ने निर्णय भएको छ ।

सो बैठकले शिक्षक तथा पुस्तक बिक्रेतालाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने व्यवस्थाका लागि आग्रह गर्ने निर्णय गरेको गरेको छ ।

यसै अघि शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले पुरानो नक्सा नक्सा भएका पाठ्यपुस्तक जफत गर्ने निर्देशन दिइसकेका छन् । त्यसैगरी पाठ्यक्रम विकास केन्द्रले केही दिन अघि सूचना जारी गर्दै केन्द्रबाट स्वीकृत पाठ्यपुस्तक मात्रै बिक्री वितरण र शिक्षण गराउन सबै विद्यालयलाई निर्देशन दिइसकेको छ । केन्द्रले नेपालको नयाँ नक्सा समावेश भएका पुस्तक मात्रै प्रयोग गर्न सबैमा आग्रह गरेको छ ।

A Levels MA
Thuprai - Books and E-books