३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी संख्या ६ गुणाले बढे

३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी संख्या ६ गुणले बढ्यो वर्षले गुणात्मक संख्या बढेको देखिएको छ । विगतका दुई वर्षको कक्षा १२ को नतिजाको तुलना गर्दा यो वर्ष माथिल्लो अङ्कको जीपीए ल्याउने विद्यार्थीको संख्या ह्वातै बढेको देखिएको हो । ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या गत वर्षको भन्दा दोब्बरले बढेको छ । विगतका दुई वर्षलाई हेर्दा यो नतिजामा तुलानात्मक रुपमा फड्को मारेको देखिन्छ ।

संख्यात्मक रुपमा हेर्दा विगतका अघिल्ला दुई वर्षमा विद्यार्थी संख्यामा पनि क्रमशः बढेको देखिएको छ । विगतका तीन वर्षको नतिजालाई हेर्दा यो वर्ष ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ६ गुणले वृद्धि भएको देखिएको छ ।

२०७४ मा जम्मा नियमित तर्फमात्र विद्यार्थी संख्या २ लाख ९९ हजार ५७५ थिए । त्यस्तै गरी २०७५ मा जम्मा नियमित तर्फ २ लाख ९२ हजार १५३ विद्यार्थी परीक्षामा सामेल भएका थिए । भने, यो वर्ष ३ लाख १० हजार ३१६ विद्यार्थीले नियमित तर्फ परीक्षामा सामेल भएका थिए ।

राष्ट्रिय परीक्षा बोर्डले विगतका वर्षमा लिएको परम्परागत सय पूर्णाङ्कको परीक्षा नतिजा र यो वर्षको नतिजालाई तुलना गर्दा संख्यात्मक रुपमा न्यून संख्यामा फरक परे पनि गुणात्मक फड्को भने उच्च गतिमा मारेको देखिएको छ ।

२०७४ मा ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या एक हजार १६९ मात्र थियो । त्यस्तै गरी २०७५ मा सो अङ्कको जीपीए ल्याउने विद्यार्थी संख्या ३ हजार ६७ थियो । यो वर्ष भने सो अन्तर्गतको जीपीए अङ्कक प्राप्त गर्ने विद्यार्थीको संख्या गत वर्षको भन्दा दोब्बरले बढेको छ ।

त्यस्तैगरी ३८ हजार ४८० जनाले, जीपीए २.८१ देखि ३.२० सम्म ७६ हजार ८४१ जनाले, सो नम्बरको जीपीए २०७४ मा ११ हजार २२१ जनाले र २०७५ मा १६ हजार २०४ ले ल्याएका थिए । त्यस्तै गरी जीपीए २.४१ देखि २.८० सम्म एक लाख ९३ हजार १२ जनाले नतिजा प्राप्त गरेका छन् । भने सो अङ्कको जीपीए विगतका वर्षमा विद्यार्थी संख्याका आधारमा वृद्धि भएको देखिएको छ ।

तीन वर्ष यताको नतिजा

२०७६

जीपीए संख्या
३.६१–४ ६९१६
३.२१–३.६० ३८४८०
२.८१–३.२० ७६८४१
२.४१–२.८० १०९३१२
२.०१–२.४० ५२४२७
१.६१–२.०० ७१६४
१.२१–१.६० ३३३
०.८१–१.२०
०.००–०.८० १८८३९

 

२०७५

जीपीए संख्या
३.६१–४ ३०६७
३.२१–३.६० १६२०४
२.८१–३.२० ३१०६२
२.४१–२.८० ५६५०३
२.०१–२.४० ८६२२७
१.६१–२.०० ६२६१९
१.२१–१.६० १९५८५
०.८१–१.२० ३५२४
०.००–०.८० १३३६२

 

२०७४

जीपीए संख्या
३.६१–४ ११६९
३.२१–३.६० ११२२१
२.८१–३.२० २७६४३
२.४१–२.८० ५८३४५
२.०१–२.४० ९०२९९
१.६१–२.०० ६६३४८
१.२१–१.६० २२७३४
०.८१–१.२० ४४८७
०.००–०.८० १९९

 

नतिजालाई हेर्दा जीपीए मोहका कारण विद्यार्थीका वास्तविक क्षमताभन्दा बढी नम्बर विद्यालयले दिएर नतिजामा केही सुधार भएको जस्तो देखिएको विज्ञको धारणा छ ।

गत बैशाख ८ गते देखि सञ्चालन हुनु पर्ने कक्षा १२ को परीक्षा कोरोना भाईरस कोभिड १९ का कारण पूर्णांक घटाएर गत मंसिर ९ गते देखि सञ्चालन गरिएको थियो । कक्षा १२ लाई को परीक्षा ४० प्रतिशत पूर्णांकको मात्र थियो । बाँकी ६० प्रतिशत मध्ये ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाको आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकनका आधारमा गरिएको थियो । 

Thuprai - Books and E-books