After SEE Portal

मन्त्रालयले शिक्षक सरुवा रोक्यो

Bridge Course

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्काे निर्णय नहुन्जेल शिक्षक सरुवा रोक्ने निर्णय गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री स्तरीय निर्णयबाट शिक्षक सरुवा रोक्ने निर्णय गरिएको हो ।

मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले शिक्षक सेवा आयोगले शिक्षक छनोटसम्बन्धी कार्य पूरा नगरुन्जेल र शिक्षक सरुवासम्बन्धी मापदण्ड तयार नहुन्जेलका लागि शिक्षक सरुवा रोक्ने निर्णय गरिएको जानकारी दिए ।

शिक्षामा सुधार अभियान थाल्ने घोषणा गरेकी शिक्षामन्त्री सुमना श्रेष्ठले सामाजिक सञ्जालमा सरुवा, बढुवा लगायतका बारेमा भनसुन गर्न आफूसम्म नआउन कडा रूपमा लेखिकी थिइन् । उनी प्रायः विहान ८ बजे मन्त्रालयमा पुगिसकेकी हुन्छिन् । मन्त्रालयका माथिल्ला तहका कर्मचारी विहान ९ बजे मन्त्रालय पुग्न थालेका छन् । 

A Levels MA
Thuprai - Books and E-books