CMAT

शिक्षा मन्त्रालयले एजुकेसनल इन्फमेसन एप सञ्चालनमा ल्यायो

Bachelors Portal

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सूचना तथा तथ्याङ्क हरेक व्यक्तिको पहुँचमा पुर्याउने उद्देश्यले सफ्टवेयर प्रणाली सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

मन्त्रालयले मोबाइल एप एजुकेसन इन्फमेसन र वार्षिक बजेट तथा कार्यक्रमसँग सम्वन्धित प्रगति विवरण अनलाइनवाट सङ्कलन गर्न सक्नेगरी विकास गरेको हो ।

शैक्षिक सूचनाहरू सङ्ग्रहित सो सफ्टवेयर सर्वसाधारणले प्रयोग गर्न सक्नेगरी विकास गरिएको मोबाइल एपका साथै मन्त्रालय र अन्तरगतका निकायहरूले प्रयोगमा ल्याउने सफ्टवेयरको प्रयोगको विषयमा छलफल तथा अन्तरक्रिया समेत गरेको थियो ।

मन्त्रालयले विकास गरेको शैक्षिक सूचनाहरू सङ्ग्रहित मोबाइल एप एजुकसनल इन्फमेसन एन्ड्रोइड मोबाइलहरूमा डाउनलोड गरी प्रयोग गर्न सकिनेछ ।

यो एपबाट शैक्षिक तथ्याङ्क तथा शिक्षासँग सम्बन्धित जानकारीहरू प्राप्त गर्न सकिनेछ । त्यसैगरी बजेट तथा अनुगमन सफ्टवेयर तत्काललाई परीक्षणको रूपमा प्रयोगमा ल्याई आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनसँगै आगामी साउन १ गतेदेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने लक्ष्य राखिएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

हाल प्रतिवेदन प्रणालीमा देखिएको समस्या समाधान गर्नका लागि सङ्घ, प्रदेश र स्थानीय तहले आ(आफ्नो युजरनेम र पासवर्ड राखेर कार्यक्रम अपलोड गर्न र उक्त कार्यक्रमका सम्बन्धमा भएको प्रगति विवरण भर्न सक्नेछन् । यो सफ्टवेयरको प्रयोगले शिक्षा प्रशासनमा विद्युतीय सुशासनलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको मन्त्रालयाक प्रवक्ता दीपक शर्माले जानकारी दिए ।

Thuprai - Books and E-books
I Tech store