After SEE Portal

महानगरपालिकाले एसईई नतिजा सुधार गर्न शिक्षण सहजकर्ता परिचालन गर्ने

Bridge Course

काठमाडौं महानगरपालिकाले शिक्षण सहजकर्ता परिचालन गर्न भएको छ । पालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयको माध्यमिक शिक्षा परीक्षा (एसईई) को  नतिजा सुधार भन्दै  २५ जना शिक्षण सहजकर्ता र १२० जना शिक्षण सहयोगीका लागि आवेदन माग गरेको छ ।

महानगरपालिकाको शिक्षा विभागले सूचना जारी गर्दै शैक्षिक सत्र २०७९ को  एसईई नतिजा सुधारका लागि  अनुभवी विज्ञ सहजकर्ता र शिक्षण सहयोगीका लागि आवेदन माग गरेको  हो ।

विभागले गणित, विज्ञान,अङ्ग्रेजी, सामाजिक र नेपाली विषयका लागि पाँच–पाँच जना  सहजकर्ता माग गरेको छ । भने, शिक्षण सहयोगीको लागि गणित र विज्ञान विषयको लागि ६०–६० जना माग गरेको  सूच्नामा उल्लेख गरेको छ ।

शिक्षण सहजकर्ताको लागि विश्वविद्यालयका प्राध्यापक, मावि शिक्षक वा अधिकृतस्तरबाट अनिवार्य अवकाश भएका सम्बन्धित विषयका विज्ञ वा विभिन्न संघ संस्थामा कार्य गरेका कम्तिमा १० वर्ष अनुभव भएको व्यक्तिले सातदिनभित्र आवेदन दिन सक्नेछन् ।

भने, सम्बन्धित विषयमा स्नातक तह उतीर्ण गरी कम्तीमा २ वर्ष शिक्षण अनुभव भएका व्यक्तिले शिक्षण सहयोगीका लागि आवेदन दिन सक्ने सूचनामा उल्लेख गरेको छ ।

दुई महिनासम्मका लागि नियुक्त गर्न लागिएको शिक्षण सहजकर्ताका लागि मासिक रु ३७ हजार पाँच सय पारिश्रमिक उपलब्ध गराइनेछ । सहयोगीका लागि पारिश्रमिक रु १५ हजार तोकिएको छ ।  सूचना सार्वजनिक भएको सात दिनभित्र योग्यता पुगेका व्यक्तिले आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।  कामपामा ८९ सामुदायिक विद्यालय छन् । त्यसमा ५९ माध्यमिक विद्यालय र ३० प्राथमिक विद्यालय रहेका छन् । ती विद्यालयमा ५२ हजार विद्यार्थीले अध्ययन गर्दछन् । त्यसैगरी पाँच सय ४० निजी विद्यालयमा एक लाख ५० हजार विद्यार्थी अध्ययनरत रहेका छन् ।

A Levels MA
Thuprai - Books and E-books