After SEE Portal

स्थानीय तहले शिक्षाका कुल बजेटको १० प्रतिशत लगानी गर्ने

Bridge Course

हरेक पटक निर्वाचन अगाडि राजनैतिक दलले विकास सम्बन्धी आआफ्ना घोषणा सार्वजनिक गर्छन् । घोषणा पत्र हेर्दा अब त केही हुने हो कि भन्ने जनतामा आभाष हुन्छ । तर धेरै पटक राजनैतिक दलका घोषण पत्र बन्छन् र थन्किन्छन् । आफ्लै घोषणा गरेका प्रतिवद्धतालाई बिर्सिएर दाताले कार्यान्यवन गरेका योजना तथा परियोजनालाई आफ्नो प्रगति सम्छन् । पुनः यहि शृङ्खलाको पुनरावृत्ति भएको छ ।

आसन्न स्थानीय निर्वाचनका लागि विभिन्न राजनैतिक दलले आआफ्नो घोषणा पत्र जारी गर्न थालेका छन् । यही क्रममा नेकपा एकीकृत समाजवादीले र जनता समाजवादीले आआफ्नो घोषणा पत्र सार्वजनिक गरेका छन् ।

जसपाले शिक्षामा स्थानीय तहले कुल बजेटको १० प्रतिशत लगानी गर्ने प्रतिवद्धता सहित जनता समाजवादी पार्टी, नेपाल स्थानीय तह निर्वाचन–२०७९ को घोषणा–पत्र जारी गरेको छ ।

शिक्षा प्रणालीलाई जगैदेखि रूपान्तरण गर्दै श्रम, रोजगारमूलक र गुणस्तरीय शिक्षा प्रदान गर्न जोड दिने प्रतिवद्धता सहित आफ्नो घोषणा–पत्र जारी गरेको हो । प्रारम्भमा ‘एक पालीका एक मोडल स्कुल’ को अवधारणालाई कार्यान्वयन गर्ने भनेको छ ।

सबै विद्यालयहरूमा कम्प्युटर शिक्षा, विशेष शिक्षा (अपाङ्ग शिक्षा) लाई विस्तार गर्ने र आधारभूत तहमा मातृभाषामा शिक्षा प्रदान गर्ने घोषणा–पत्रमा उल्लेख गरेको छ । आधारभूत भन्दा माथिल्लो तहमा अंग्रेजी, नेपाली र कम्तीमा एक प्रादेशिक भाषासहित बहुभाषिक नीति लागू गरिने गणित, विज्ञान, स्वास्थ्य विज्ञानलगायतका आधुनिक विषयहरूको पढाई अङ्ग्रेजी माध्यामबाट गरिने घोषणा पत्रमा उल्लेख गरेको छ । विद्यालय र घरको दुरी एक घण्टाभन्दा बढी भएका विद्यार्थीहरूका लागि विद्यालय हाताभित्रै होस्टल निर्माण अभियान प्रारम्भ गर्ने उल्लेख गरेको ।

घोषणा पत्रमा उल्लेख भएका कुरा कतिको पुरा हुन्छन् त्यो हेर्न भने निर्वाचन र त्यसपछिको पाँच वर्ष कुनै पर्ने छ ।

A Levels MA