After SEE Portal

पाठ्यक्रम प्रारुप सम्बन्धी मुद्दाको सुनुवाइ भोलि पनि हुने

Bridge Course

 सर्वोच्च अदालतमा दायर गरिएको कक्षा ११ को पाठ्यक्रम सम्बन्धी मुद्दाको सुनुवाई भोलि पनि हुने भएको छ । मुद्दाको वादी र प्रतिवादीले बयान  नसकिएपछि सर्वोच्चले  भोलि पनि सुनुवाइ गर्ने भएको हो । पाठ्यक्रम विकास केन्द्र, त्रिभुवन विश्वविद्यालय लगायतलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेका थिए । मुद्दाको प्रतिवादीका तर्फबाट त्रिभुवन विश्वविद्यालयले आफ्नो दलील राख्ने  पालो आज नआएका कारण सुनुवाई भोलि हुने भएको हो ।

सो मुद्दाको सुनुवाई आज न्यायाधीशहरु  तेज बहादुर केसी र  प्रकाश कुमार ढुंगानाको संयुक्त इजलाशमा भएको थियो । सो मुद्दा सरकारका तर्फबाट सहन्यायधिवक्ता प्रकाश भट्टराई र डा.सञ्जीव रेग्मीले पैरवी गरेका थिए । 

असोज  २८ मुद्दा दर्ता

असोज ३० स्थगित

कार्तिक १० अल्पकालीन अन्तरिम आदेश

कार्तिक २६ हेर्न नभ्याएको

 मंसिर ४ स्थगित

पुस ६ हेर्न नभ्याइने

पुस १३ गते

पुस २० कागजात पेस गर्न आदेश

पुस २७  भोलि पनि सुनुवाइ हुने

नेपाल सरकारले राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ स्वीकृत गरेपछि स्वतः लागु हुने प्रावधान छ तर गणित समर्थक भनिने एक समूहले सर्वोच्चमा रिट दायर गरेपछि कक्षा सुरु भएको चार महिना पुग्न लाग्दासम्म बालबालिका अन्योलमा  नै छन् ।

शैक्षिक सत्रको मध्यतिर  आइपुग्दा पनि कुन पाठ्यक्रम कार्यान्वयन गर्ने भन्ने अन्योल कायमै रहँदा  शैक्षिकसत्र नै खेर जाने शिक्षा जगतमा आशंका बढेर गएको छ ।  विद्यालय तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रतिनिधि  नयाँ वा पुरानो  जुन भए पनि तत्काल कुन पाठ्यक्रम लागु गर्ने  भन्ने विषयमा अदालतले  तत्काल निर्णय गर्नुपर्ने बताउँदै आएका छन् । 

भगवता अर्याललगायतका समूहले गत असोज २८ गते दर्ता गराएको सो मुद्दाको पेसी लामो समय सम्म हुन सकेन । । सर्वोच्चले असोजदेखि सातौंपटक मुद्दाको पेसी स्थगित गरेको थियो । असोज ३० को पेसी सारेर कार्तिक २६, मंसिर ४, मंसिर २४ बाट फेरी पुस ६ गतेबाट १३ गतेबाट २० गते पेसी सारेको थियो । गत पुस २० गत सो मुद्दामा सामान्य सुनुवाई गर्दै दुवै पक्षलाई आज कागजात सहित अदालतमा उपस्थित हुन आदेश दिएको थियो । केन्द्र र वादीका  तर्फबाट बयान दिने क्रम सकिएको भएपनि त्रिविले बयान दिन बाँकी नै रहेको छ । गणित समर्थकहरुले पाठ्यक्रम प्रारुप, २०७६’ ले गणितलाई अनिवार्य विषयको सूचीबाट हटाएको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेपछि पाठ्यक्रम कार्यन्वयनमा देखिएको अन्योलले अझ गति लिएको थियो ।

 केन्द्रले चालू शैक्षिक सत्रदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय गरी त्यसको परिपत्र गरेको भए पनि अदालतमा यो विषय विचाराधीन छ ।

कोरोनाको विश्वव्यापी संक्रमणका कारण गत वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) दिन पाउने वा नपाउने विवादमा लामो समय अन्योलले मानसिक तनावमा परेका करिब पाँच लाख बालबालिका पुनः नयाँ र पुरानो पाठ्यक्रमको खेलमा अन्योलमा उल्जिरहेका छन् ।

 

A Levels MA
Thuprai - Books and E-books