कक्षा १२ को निशुल्क प्रदान गरिने भनिएको पाठ्यपुस्तक अझै छपाइ हुन सकेन

सरकारले आगामी आर्थिक वर्षबाट कक्षा १२ सम्म निशुल्क पाठ्यपुस्तक वितरण गरिने घोषणा गरेको छ । आर्थिक वर्ष ०७८-७९ को बजेटमा सरकारले कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेको थियो । तर सरकारले छाप्नुपर्ने पाठ्यपुस्तकको प्रतिलिपि अहिलेसम्म जनक शिक्षा सामग्री केन्द्रले पाउन सकेको छैन । पाठ्यक्रम विकास केन्द्रले अहिले सम्म जनक शिक्षालाई पाठ्यपुस्तक छाप्ने अनुमति प्रदान गरेको छैन ।

सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको बजेट भाषणले कक्षा १२ सम्म निशुल्क पाठ्यपुस्तक प्रदान गर्ने घोषणा त गर्यो तर विद्यार्थीले समयमा नै पाठ्यपुस्त प्राप्त गर्नेमा आशंका उब्जिएको छ ।

जनक शिक्षा सामग्री केन्द्रले अनिवार्य विषयहरु नेपाली, अङ्ग्रेजी र सामाजिक तथा जीवनोपयोगी शिक्षाका पुस्तक प्रकाशन गर्नुपर्ने छ । तर पाठ्क्रम विकास केन्द्रको उच्च स्रोतका अनुसार गणित बाँहेक अन्य विषयको लेखन कार्य सुरु हुन सकेको छैन । केन्द्रका अनुसार अहिले गणित विषयको पुस्तक लेखन कार्य जारी रहेको छ । यसलाई पनि पुरा गर्न केही दिन लाग्ने केन्द्रका स्रोतले जानकारी दियो ।

राष्ट्रिय परीक्षा बोर्डले अनुसार असारभित्र कक्षा ११ को आन्तरिक मूल्याङ्कनका सम्पूर्ण कार्य पुरागरी साउन एक गतेबाट गतेबाट कक्षा १२ को नयाँ पठनपाठन सुरु गर्न सबै सरोकारवालाई निर्देशन दिइसकेको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका विद्यार्थीलाई छवटै विषयको पुस्तक किन्नका आगि आवश्यक रकम स्थानीय तहमा पठाइसकिएको छ । तर शैक्षिक सत्रको सुरुवातका दिनमा विद्यार्थीले निशुल्क पाठ्यपुस्तक पाउने सम्भावना टरेर गएको छ ।

जनक शिक्षाले पाठ्यक्रम विकास केन्द्रबाट अनुमति पाएपछिको तीन साताभित्र पुस्तक छपाइ कार्य पूरा गरी विद्यार्थीको हातमा पुर्याउन सकिने जानकारी दियो । केन्द्रले पाठ्यपुस्तक छपाइका लागि अनुमति प्रदान नगरेका कारण कक्षा १२ का कुनै पनि पाठ्यपुस्तक छपाइ हुन नसकेको जनक शिक्षा सामग्री केन्द्रका प्रबन्धक सञ्चालक अनिलकुमार झाले जानकारी दिए ।

पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता गणेशप्रसाद भट्टराईले असार २५ गतेसम्म पाठ्यपुस्तक लेखन कार्य पूरा गरी प्रकाशनका लागि जनक शिक्षा सामग्री केन्द्रमा पठाउने तयारी भइरहेको जानकारी दिए । उनले आफूहरूको तयारीअनुसार ढिलोमा पनि आगामी साउन १५ गतेसम्ममा विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्याउने योजना रहेको जानकारी दिए ।

Thuprai - Books and E-books