After SEE Portal

पहिलो संसद् शिक्षा ऐन ल्याउनमा चुक्योः गगन थापा

Bridge Course

नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले पहिलो संसद् शिक्षा ऐन ल्याउनमा चुकेको बताएका छन् ।

शिक्षा पत्रकार समूहले गरेको ‘संघीय शिक्षाका नीतिगत सवाल’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै ‘पहिलो पाँच वर्षमा संघीय शिक्षा ऐन ल्याउन चुक्यौं । त्यो बेला हामी ल्याउनुपर्छरगर्नुपर्छ भनेर मात्र बोल्यौ । यो पटक हाम्रा कार्यशैली परिवर्तन गरेर काम गर्नतिर लागेका छौं । संसदको प्राथमिकतामा संघीय शिक्षा ऐन हुन्छ’  । 

राजनीतिक दलबीच आपसी सहमति नमिल्दा संघीय शिक्षा ऐन अझै आउने सकेको छैन्  ।  सरकारले उक्त ऐनको मस्यौदा गोप्य राखेको छ । ऐनको मस्यौदामा के कस्तो व्यस्था गरिएको भन्ने कुरा आफुहरूले समेत थाहा नपाएको थापाको भनाई छ । ऐनको मस्यौदा संसद्मा पेश गर्ने दायित्व सरकारको भएको भन्दै सरकारको ढिलाई कारण संसद्ले ऐनमाथि छलफल गर्न नपाएको बताए ।थापाले अहिले राजनीतिक गतिविधि अन्यत्र मोडिएको भन्दै यसको समस्या समाधान भएपछि संसद्को प्राथमिकता संघीय शिक्षा ऐन हुने बताए ।

शिक्षा ऐन जारी हुन नसक्दा केही पालिकाले राम्रो काम गरे पनि केहीले शिक्षक माथि ज्याजति गरेको थापाले बताए ।

सो कार्यक्रममा बोल्दै गाउाँपालिका महासंघका अध्यक्ष लक्ष्मी पाण्डेले शिक्षा ऐन जारी नहुँदा कार्यसम्पादन गन्जागोल भएको बताइन् ।

सो कार्यक्रममा बोल्दै नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरले शिक्षा ऐन तत्काल जारी गरेर शिक्षक व्यवस्थापन, शिक्षकको मर्यक्रम् शुनिश्चितता गर्नुपर्ने बताइन् ।

 

 

 

 

A Levels MA