After SEE Portal

महासंघले अहिले केहीबेर पछि माइतीघरमा प्रदर्शन गर्ने

Bridge Course

सबै सामुदायिक विद्यालय बन्द गरेर शिक्षकहरू काठमाडौंको माइतीघर र बानेश्वर आसपास आइसकेका छन् । केही शिक्षक जाममा परेर आइपुग्न ढिला भएको महासंघले जनाएको छ ।

मन्त्री परिषद्बाट पटकपटक स्वीकृत पाएर गत साउन २७ गते संघीय संसद्मा दर्ता गराएको विद्यालय ‘विद्यालय शिक्षा विधेयक २०८०’ को विरुद्धमा आज नेपाल शिक्षक महासंघले माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै छन् । सबै सामुदायिक विद्यालय बन्द गरेर शिक्षकहरू काठमाडौंको माइतीघर र बानेश्वर आसपास आइसकेका छन् । केही शिक्षक जाममा परेर आइपुग्न ढिला भएको महासंघले जनाएको छ ।

महासंघको आह्वानमा देशका विभिन्न जिल्लाबाट शिक्षकहरू काठमाडौं आइसकेका छन् भने केही आउने क्रममा रहेको शिक्षकहरूले सामजिक सञ्जालमार्फत् सार्वजनिक गरिरहेका छन् ।

 विभिन्न जिल्लाबाट उपत्यका बाहिरका शिक्षक काठमाडौं आइसकेको महासंघले जनाएको छ ।‘देशभरबाट एक लाख बढी शिक्षक माइतीघरमा भेला हुनुहुन्छ’ शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले भने, ‘केह्ी साथी आइसक्नु भयो केही थानकोट, केही भकुण्डेबेशीमा र जाम भएर बस्नुभएको छ आउने क्रम जारी छ ।’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार दिउँसो तीन बजेका लागि वार्तामा बोलाए पनि शिक्षा मन्त्रालयसँग वार्ता गर्नुको औचित्य नभएको हुँदा सरकार प्रमुखको नेतृत्वमा मात्र वार्तामा जाने महासंघको निर्णय अटलरहेको उनले बताए ।

‘विधेयक संसदमा दर्ता भइसकेको अवस्थामा मन्त्रालयको अधिन बाहिर गएको ठहर गर्दै मन्त्रालयसँग वार्तामा जानुको औचित्य नरहेको महासंघको ठहर छ ।’

 

पटक पटक सरकारसँग सहमति र वार्तामा बसेको तर विधेयक शिक्षक कर्मचारीहरूलाई मर्का पर्नेगरी आएको महासंघको आरोप छ ।

महासंघले हालको विधेयकमा संशोधन गर्नुपर्ने विभिन्न १८ बुँदे माग अघि सारेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिका अन्तर्गत नबस्ने लगायतका मागहरू रहेका छन् ।

A Levels MA
Thuprai - Books and E-books