CMAT

महासंघले शिक्षा मन्त्रालयसंग मात्र वार्ता नगर्ने

Bachelors Portal

भोलिदेखि विद्यालय बन्द गरेर आन्दोलनमा उत्रने घोषणा गरेको शिक्षक महासंघले वार्तामा बस्न अस्वीकार गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज दिउँसो तीन बजेका लागि वार्तामा बोलाएको  भए पनि  शिक्षा मन्त्रालयसँग वार्ता गर्नुको औचित्य नभएको भन्दै महासंघ वार्तामा नगएको हो ।

महासंघका अध्यक्ष्ँ कमला तुलाधरले  प्रधानमन्त्री तथा व्यवस्थापिकाले बोलाएको वार्तामा मात्र जाने  महासंघको निर्णय भएको हुँदा आजको वार्तामा नगएको जानकारी दिइन् ।

‘शिक्षा मन्त्रालयको हातभन्दा बाहिर गइसकेको छ । विधेयक संसद्मा दर्ता भइसकेको छ । विधेयक संसद्मा दर्ता भएपछि शिक्षा मन्त्रालयले बोलाएको वार्तामा जानु औचित्यहीन देखिन्छ । अब हाम्रा मागहरू सम्बोधन गर्ने शिक्षा मन्त्रालयभन्दा बाहिरको विषय बनिसक्यो,’ उनले भनिन्, ‘हामी वार्तामा नजाने होइन् जान्छौं तर शिक्षक मन्त्रालयसंग मात्र वार्ता गर्दैनौं ।’

महासंघले शिक्षा विधेयकमा आफ्ना मागहरू नसमेटिएको भन्दै भोलिदेखि काठमाडौँ केन्द्रित आन्दोलनको घोषणा गरेका छ । त्यसका लागि जिल्ला जिल्लाबाट शिक्षक कर्मचारीहरू काठमाडौँ आउने क्रम जारी रहेको महासंघले जनाएको छ ।

पटक पटक सरकारसँग सहमति र वार्तामा बसेको तर, विधेयक बनाउँदा शिक्षक कर्मचारीहरूलाई मर्का पार्ने गरी आएको महासंघको आरोप छ । महासंघले हालको विधेयकमा संशोधन गर्नुपर्ने विभिन्न १८ बुँदे माग अघि सारेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिका अन्तर्गत नबस्ने लगायतका मागहरू रहेका छन् ।

मंगलवार राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा शिक्षा मन्त्री अशोक कुमार राईले शिक्षक महासंघलाई वार्तामा आउन आह्वान गर्दै वार्तामार्फत  गुनासो समेट्ने प्रयत्न गरिने बताएका छन् । शिक्षकहरुको मागका सन्दर्भमा समस्याको निकास खोजिने उनले बताए ।

 

Thuprai - Books and E-books
I Tech store