After SEE Portal

महासंघले भदौ ७ गते सम्मका लागि दोस्रो चरणको आन्दोलन घोषणा गर्यो

Bridge Course

नेपाल शिक्षक महासंघले  काठमाडौंमा केन्द्रित वृहत् सडक आन्दोलनका लागि तयार रहन शिक्षक कर्मचारीलाई निर्देशन दिएको छ ।

 शिक्षक-कर्मचारीका मागमुद्दा सम्बोधन नगरी संसदमा ऐन दर्ता भएमा त्यसको ५ दिनभित्र गर्ने काठमाडौं केन्द्रित आन्दोलन गनृ तयार रहन निर्देशन दिएको हो ।

हाल मन्त्रीपरिषद्मा रहेको उक्त मस्यौदालाई आवश्यक सुधार गरेर मात्र संसदमा पेश गर्ने पक्षमा कडा दबाब सिर्जना गर्ने चदौ २ गते बसेको आन्दोलन परिचालन समितिको वैठकले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।

महासंघले भदौ ३ र ४ गते प्रमुख राजनैतिक दलका प्रमुख सचेतक, सचेतक तथा संसदको शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिमा रहेका सांसदस तथा प्रधान मन्त्रींग भेटघाट तथा छलफल गर्ने, भदौ ५ र ६ गते नागरिक समाज, सामाजिक अभियन्ता, अभिभावक महासङ्घ, विव्यस। महासङ्घ, पत्रकार, मानव अधिकारवादी सङ्घसंस्था लगायतसँग छलफल र संवाद गरी आन्दोलनप्रति ऐकवद्धता जारी गर्न पहल गर्ने निर्णय गरेको छ।

साथै जिल्ला र प्रदेशमा आन्दोलन परिचालन समिति काठमाडौं केन्द्रित सडक आन्दोलनको तयारीका लागि भदौ ६ गते भित्र सबै जिल्ला र प्रदेशमा आन्दोलन परिचालन समिति गठन गर्ने निर्णय गरेको छ ।

 तथ्याङ्क पठाउने जिल्लाको आन्दोलन परिचालन समितिले आ(आफ्नो जिल्लाबाट काठमाडौंमा शिक्षक ( भदौ ७ गते सबै सरकोकार समूह, सरकारका प्रतिनिधि, सांसदहरु सहितको वृहत अन्तरक्रिया गर्ने र काठमाडौं केन्द्रित सडक आन्दोलन ऐनको मस्यौदाको प्रकृति तथा संवाद र पक्षीकरणको परिस्थिति आंकलन गरी २०८० भाद्र ७ गते बस्ने राष्ट्रिय आन्दोलन परिचालन समितिले काठमाडौं केन्द्रित सडक आन्दोलनको निर्णय गर्ने तय गरेको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

A Levels MA