After SEE Portal

माविको परीक्षा स्थगित हुन्न, प्राविमा ६०१३ दरबन्दीका लागि दुई दिन भित्र विज्ञापन गरिने

Bridge Course

शिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने  सामान्य परीक्षा स्थागित हुने संभावना नभएको जनाएको छ ।

आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाका अनुसार आयोग माविको सामान्य परीक्षा सञ्चालनका लागि सम्पूर्ण तयारी सकेर केन्द्र सार्वजनिक गर्ने तयारी अवस्थामा रहेको छ । परीक्षा केन्द्र सार्वजनिक गर्ने गरी परीक्षा केन्द्र तोकिएका जिल्लाले सबै काम सकिसकेको हुँदा परीक्षा स्थगित हुने संभावना नरहेको उनले जानकारी दिए । 

आयोगले नेपाली १११, अंग्रेजी ८४, गणित २०८, विज्ञान १९१, सामाजिक अध्ययन ५४, अर्थशास्त्र ८ पदमा, कार्यालय सञ्चालन तथा लेखा विषयको लागि १५ जनाका लागि आवेदन माग गरेकोमा अङ्ग्रेजी विषयमा ९ हजार ७२५ जनाले आवेदन दिएका छन् ।

आयोगका सूचना अधिकारी मरहठ्ठाका अनुसार नेपालीमा ९ हजार ९७, गणितमा ५ हजार ६२६, विज्ञानमा ५२५०, सामाजिक अध्ययनमा ६२२७, अर्थशास्त्रमा ४८८, कार्यालय सञ्चालन तथालेखामा १ हजार ३९२, शिक्षामा १४८, स्वास्थ्य शिक्षा २१४, शुक्लयजुर्वेमा २ जना, संस्कृत व्याकरणमा १३, संस्कृत भाषामा ३८, कम्प्युटर विज्ञानमा १०८, संस्कृत साहित्यमा ५ जनागरी जम्मा ३८ हजार ३३७ जनाले आवेदन दिएका छन् ।

सामाजिक सञ्जालमा हिजोदेखि नै परीक्षा स्थगित हुने अफवाह फैल्याइएको आयोगले जनाएको छ ।

प्राविको ६ हजार १३ दरबन्दीका दुई दिन भित्र विज्ञापन गरिने

आयोगका अनुसार प्राथमिक तहमा ६ हजार १३ जना तृतीय श्रेणीका शिक्षक छनोटका लागि प्राविधिक कठिनाइ नभएमा  दुई भित्र विज्ञापन गर्ने भएको छ ।

आयोगले गत वर्ष माग गरेको १३ हजार २९७ दरबन्दी मध्ये सिफारिस हुन नसकेका २ हजार ९४४ पद सहित विज्ञापन गर्न लागेको हो । आयोगले गत वर्षको विज्ञापनमा माग गरिएभन्दा कम १० हजार ३५३  जना शिक्षकलाई मात्र स्थायी नियुक्तिका लागि सिफारिस गरेको छ ।

A Levels MA
Thuprai - Books and E-books