After SEE Portal

भूकम्प प्रभावित ५९२ विद्यालय बनेनन्, रातो स्टिकर उक्काएर पढाइ

Bridge Course
भूकम्पपछि निर्माण गरिएका अस्थायी कक्षाकोठा

भूकम्प प्रभावित विद्यालय भवन पुनःनिर्माण हुन नसक्दा अझै पनि भत्किएका जीर्ण भवनमा विद्यार्थी पढ्न बाध्य छन् ।

२०७२ को विनाशकारी भूकम्पले प्रभावित विद्यालय अहिलेसम्म बन्न नसक्दा रातो स्टिकर टाँसिएकै भवनमा विद्यार्थीहरू डराइडराइ पढ्न बाध्य भएका हुन् ।

लामो समयसम्म भवन पुनःनिर्माण हुन नसक्दा कतिपय विद्यालयले स्टिकर उक्काएरै पठनपाठन गराउँदै आएका छन् भने कतिपय विद्यालयले टिएलसीका टहरामै पठनपाठन गराउँदै आएका छन् ।

काठमाडौं, ललितपुर, भक्तपुर लगायत १४ जिल्लाका जग्गा कम भएका, विद्यार्थी संख्या कम भएका विद्यालयले अहिले स्टिकर उक्काएर पढाउन थालेका हुन् ।

काठमाडौंको नव आदर्श मावि, कन्या मावि, हिमालयन मावि, कान्ति ईश्वरी राज्य लक्ष्मी मावि, आजाद आधारभूत विद्यालय, लगायत अन्य प्रभावित विद्यालय बन्न नसक्दा खतरा लेखेको रातो स्टिकर टाँसिएकै भवनमा पठनपाठन हुँदै आएको छ ।

केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) ले तयार गरेको मापदण्ड अनुसारका विद्यार्थी कम र जग्गा अभावका कारण यी विद्यालयको भवन अझै बन्न नसकेको हो ।

५ हजार बढी विद्यालय बने

भूकम्पले ५९ जिल्लाका ९ हजार ३०० विद्यालयमा आंशिक तथा पूर्ण क्षति पुर्‍याएको थियो । त्यस मध्ये ७ हजार ५५३ विद्यालय पुनःनिर्माण गर्नु पर्नेमा अहिलेसम्म ५ हजार ३८४ विद्यालयको पुनःनिर्माण भइसकेको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) ले जानकारी दियो ।

इकाइका अनुसार विद्यालय व्यवस्थापन समितिले ४ हजार ३५२, ठेकेदार कम्पनी मार्फत् ३९४ र एनजीओ-आइएनजीओले ६३४ वटा विद्यालय पुनःनिर्माण गरेका छन् ।

त्यस्तै, विव्यसले १ हजार २९३, ठेकेदार कम्पनीले २०३ र एनजीओ-आइएनजीओले ८१ वटा विद्यालयको पुनःनिर्माण गरिरहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) का उप आयोजना निर्देशक दिलिप शेखर श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार पुननिर्माणका लागि विव्यसले १७४, ठेकेदार कम्पनीले २७ र एनजीओ-आइएनजीओले ९ वटा विद्यालयको पुनःनिर्माणको जिम्मा लिएका छन् ।

यो तथ्याङ्कलाई हेर्दा २१० विद्यालय भवन निर्माणका लागि छनौट भएका छन् भने ३८२ विद्यालय कसले भवन बनाइदेला र सुरक्षित भवनमा पठनपाठन गर्न पाइएला भन्ने पर्खाइमा बसिरहेका छन् ।

पुनःनिर्माणका लागि १४ करोड पुग्दैन

इकाइका अनुसार विभिन्न दातृ निकायहरूको अनुदान सहयोगमा १ हजार ५५ मिलियन युएस डलर अनुदान सहयोग प्रदान गर्ने प्रतिवद्धता जनाए पनि पुनःनिर्माणका लागि १४५ मिलियन पैसा पुग्दैन ।

दातृ निकायले प्रतिवद्धता जनाएको अनुदान रकम

इकाइले भूकम्प प्रभावित विद्यालयलाई चार ढाँचामा पुनःनिर्माण गरेको छ । साना र थोरै क्षति भएका विद्यालयलाई विद्यालय व्यवस्थापन समितिलाई निर्माणको जिम्मा दियो । यस्ता विद्यालय ७५ प्रतिशत थिए भने ठुला र धेरै क्षति भएका विद्यालयलाई ठेकेदार मार्फत निर्माण गर्ने गरी मापदण्ड तयार गरेको थियो ।

एनजीओ-आइएनजीओले विव्यस र ठेकेदार संग सहकार्य गरी निर्माण गर्ने र टर्न कि ढाँचामा विद्यालयको पुनः निर्माण गर्ने मापदण्ड तयार गरेको थियो । यसरी पाँच वर्षभित्र प्रभावित सबै विद्यालयको पुनः निर्माण गरिने निर्देशिका जारी भएको भए पनि ५९२ विद्यालय बन्ने अहिलेसम्म अतोपतो छैन ।

A Levels MA