After SEE Portal

छिनछिनमा फेरिएको निर्णयले विश्वविद्यालयको परीक्षा पनि स्थगित

Bridge Course

एउटा निर्णयको मसी सुक्न नपाउँदै अर्को निर्णय गरेर सरकारले अन्ततः विश्वविद्यालयको परीक्षा पनि स्थगित गरेको छ ।  सरकारले चैत्रमा सञ्चालन गरिने भनिएका विश्वविद्यालयका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको छ ।

सरकारले विद्यालय तथा विश्वविद्यालयका वार्षिक कार्यक्रम अन्तर्गतका सबै कार्यक्रम स्थगित गरेको हो । सरकारका विभिन्न निकायको बैठकले आज छिनछिनमा फरक फरक निर्णय गर्दै विद्यालय तथा विश्वविद्यालयका सम्पूर्ण गतिविधिमा रोक लगाई परीक्षा यथावत् राख्ने गरेको निर्णयको मसी सुक्न नपाउँदै सरकारले सम्पूर्ण शैक्षिक कार्यक्रम स्थगित गरेको हो ।

त्रिभुवन विश्वविद्यालयले भोलि बिहीबार तय गरीएका सवै विषयको परिक्षा हुने जनाएको छ ।त्रिविका कार्यवाहक रेक्टर प्रा.डा.शिबलाल भुषालका अनुसार आज विहिवार तय भएको परिक्षा नियमित हुन्छ । परिक्षा  सञ्चालन सन्दर्भमा विहिवार पनि वैठक बस्ने बताइएको छ । विश्वविद्यालयहरुले सरकारको सुझावलाई ग्रहण गर्दै निर्णय गर्ने तयारी थालेका छन् । 

आज कोरोना भाइरस (कोभिड-१९) को संक्रमण, रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको आठौं बैठकले विद्यालय तथा विश्वविद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय गरेको केही समयपछि सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गर्यो ।

एसईई स्थगित गरेको एकै छिनमा मन्त्रालयले चैत्रमा सञ्चालन गर्ने भनिएका विश्वविद्यालयका सबै परीक्षा स्थगित गरिएको विभिन्न सञ्चार माध्यममार्फत प्रधानमन्त्री कार्यालयले गरेको हो ।

समितिको बैठकले भोलिदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) भने प्रत्येक केन्द्रमा स्वास्थ्य जाँचसहित हेल्थ डेस्कको स्थापना गरी सुरक्षित तरिकाले सञ्चालन गर्ने निर्णय गरेको थियो । 

समितिको निर्णय एसईईका सरोकारवाला पक्षले सुन्न र पढ्न नपाउँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई थाहै नदिई प्रधानमन्त्री कार्यालयबाट एसईई परीक्षा स्थगित गरियो ।

मन्त्रालय एकातिर त्रिवि अर्कोतिर

यसैविच त्रिभुवन विश्वविद्यालयले भोलि बिहीबार तय गरेको सवै विषयको परिक्षा यथावत हुने जनाएको छ । त्रिविका कार्यवाहक रेक्टर प्रा.डा.शिबलाल भुषालका अनुसार  विहिवारका लागि  तय गरेका  परिक्षा नियमित सञ्चालन गर्ने भएको छ ।

त्रिविले पठनपाठन  नगर्ने भएपनि भोलिको परीक्षा सञ्चालन गर्ने भएको छ । त्रिविले पछिल्ला दिनको परीक्षाको सूचना भने भाोलिमात्र जारी गर्ने भएको छ । मन्त्रालयले गरेको निर्णलाई वेवास्ता गर्दै त्रिविले भोलिको परीक्षा यथावत सञ्चालन गर्ने भएको हो ।

 

A Levels MA